२०८१ भाद्र २३
                           

चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने,मन्त्री दुलालद्धारा शिल्यान्यास

७ बैशाख २०८०

भक्तपुरको देकोचाबाट चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने भएको छ । आइतवार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले उक्त सडक स्तरोन्नती कार्यको शिल्यान्यास गर्नुभएको हो ।

सडक स्तरोन्नती कार्यको शिल्यान्यास गर्दै मन्त्री दुलालले सरकारले राजनीतिक आस्थाका आधारमा नभई जनताको आवश्यकताका आधारमा बजेट बिनियोजन गर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँले भन्नुभयो , ”मन्त्री जुनसुकै पार्टीका भएपनि फरक पर्दैन, बजेट सरकारले ल्याउने हो र सरकार सबै जनताको हो ।”

चाँगुनारायण क्षेत्रबाट निर्वाचित भएर भौतिक पूर्वाधार मन्त्री बनेका कृष्णलाल भडेलले ५ करोड बजेट बिनियोजन गरेको सडकमा आफू मन्त्री भएपछि बढाएर ५९ करोड पुर्याएको खुलासा गर्दै मन्त्री दुलालले प्रदेश सरकार भक्तपुर जिल्लाकै समग्र बिकासको पक्षमा रहेको बताउनुभयो । उहाँले यो सडक मध्यपहाडी लोकमार्ग हुँदै भक्तपुर भित्रिने बैकल्पिक बाटो हुने बताउदै यसले काभ्रे, दोलखा र रामेछापको दुरी घटाउने समेत जिकिर गर्नुभयो ।

भक्तपुर संघीय राजधानीसँग जोडिएर पनि भौतिक पूर्वाधारमा पछि पारिएको प्रति उनले चिन्ता व्यक्त गरेका छन् । मन्त्री दुलालले प्रदेश सरकारले भक्तपुरलाई आधुनिक सुविधाले सम्पन्न पार्दै काठमाडौंका मानिसलाई भक्तपुरमा बस्न पाए हुने भन्ने वातावरण बनाउने योजना बारे अवगत गराएका थिए ।

बिकासका योजना पर्दा पहलको जस लिने भन्दा पनि योजनालाई समयमै सम्पन्न गर्न सामूहिक सहकार्य हुनुपर्नेमा उहाँको जोड रहेको छ । ”परिसकेको योजनामा जस लिने भन्दा पनि योजना माग गर्दा साझा रुपमा माग गर्ने एवं साझा अपनत्व लिदै काम गर्न र समयमै सम्पन्न गर्न सामूहिक सहकार्य गर्ने परिपाटी बसाल्नुपर्दछ ।” मन्त्री दुलालले भन्नुभयो । उहाँले प्रादेशिक सडक गुरुयोजना अनुसार प्रदेश सरकारले काम गर्ने जिकिर गर्दै भक्तपुरमा दर्जनौं सडक बनाउन प्रदेश सरकार प्रतिवद्ध छ। ” भनिएका मात्र होइन, नभनिएका यहाँका सडकको निर्माण एवं स्तरोन्नतीको जिम्मा पनि प्रदेश सरकारले लिन्छ ।”bhaktapurpost

 

प्रतिक्रिया दिनुहोस्