निर्मल बस्नेत
११ जेठ २०८०) चाैतारा- घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले सञ्चालन गरेकाे १५ दिने बरिस्ता (कफी) तालिम कार्यक्रम सम्पन्न भएकाे छ ।
बिहिबार न्यू अरनिकाे रिसाेर्ट प्रा.लि चाैतारामा तालिम समापन कार्यक्रममा चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सिव श्रेष्ठले सिकेकाे सिपलाई व्यवहारमा उतारेर उद्ममी बनि आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गरे । उनले भने वडाकाे क्षेत्र भित्र व्यवसाय गरेमा थप सहयाेगका लागि वडाले कार्यक्रम तय गर्ने बचन दिएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिश्वनाथ काफ्लेले सहभागी मध्ये कम्तिमा ५ जना सफल उद्यमी बनेर व्यवसाय सञ्चालन गरेमा कार्यालयले प्रबिधिमा ५० प्रतिशत अनुदान सहयाेग गर्ने बचन दिएका छन् । उनले भने जिल्लाका अन्य ठाउँमा पनि बिभिन्न तालिमहरु संचालित रहेकाे जानकारी गराए । साथै सहभागिहरुले व्यवसायमा सक्रियता बढाएमा थप प्रशिक्षण आयाेजना गरि सिप परिक्षण गराउनसमेत सहयाेग गर्ने उद्घाेष गरेका छन् ।
तालिममा सहभागी सन्ताेष कार्कीले कफीकाे सुरुवाती चरण खाल्डो खन्ने , बिरुवा राेप्ने , उत्पादित कफी प्रशाेधन गर्ने , कफीबाट फरक फरक प्रकारकाे बनाउन सक्ने भएकाे भन्दै खुसी व्यक्त गरेका छन् । उनले अझै थप तालिमकाे माग गरेका छन् ।
प्रशिक्षक दिपेश खत्रीले आफुले अरनिको रिसाेर्ट बाटै कफी बनाउने यात्रा सुरु गरि काठमाडौसम्म सिपलाई पुर्याएकाे छु भने । उनले सिन्धुपाल्चोक कफीकाे लागि उपयुक्त भूगाेल भएकाेले सहभागीहरुलाई जिल्लामै रहेर याेगदान गर्न आग्रह गरे ।
चाैतारा साँगाचाेकगढी नगरपालिका भित्रका २० जना प्रशिक्षार्थीहरुकाे सहभागिता रहेकाे तालिममा संकर नेपाली, दिपेश खत्री र दिपेन्द्र घलेले प्रशिक्षण दिएकाे घरेलु तथा साना उद्योग कार्यालयका मुख्य प्रशिक्षक प्रबिण बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्