२०८१ भाद्र २३
                           

कृषिलाइ औद्योगिकरण गर्दै जनताले अनुभुति गर्ने गरी बाग्मती प्रदेश सरकारले काम गर्नुपर्ने : सरल सहयात्री

११ जेठ , हेटौडा । सिन्धुपाल्चोक प्रतिनिधिसभा १ ख बाट प्रत्यक्ष निर्बाचित बाग्मति प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले जनताले अनुभुति हुने गरि काम गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनु भयेको छ ।

बिहिबार बाग्मती प्रदेश विनियोजन विधेयक सभामा सम्बोधन गर्दै उहाँले प्रदेश सरकार बलियो बनाउन समाजवादी मार्ग अवलम्बन गर्दै यसका लागी सरकारले आफै उत्पादन गर्ने र वितरण प्रणालीमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो प्रदेश सरकार ७०/७२ अर्बको बजेट बनाउछ र ४० अर्ब खर्च गर्न नसकेर धौ – धौ पर्छ , भएको बजेटलाई खर्च गरेर हाम्रो आर्थिक उन्नतिलाई बढाउने मार्गमा हिड्न जरुरी छ।

अर्को प्रसङ्गमा सासंद सहयात्रीले निति तथा कार्यक्रममा पर्यटनको क्षेत्रमा मौलिकतासहित , पुराना चिजहरुलाइ व्यवस्थापन गरेर जान जरुरि रहेको भनाइ राख्नुभयो। सहयात्रीले प्रदेश सरकारले आफ्नै उद्योग कलकारखाना निर्माण गर्नुपर्ने र निर्माण हुदा समाजवाद ठिक ढङ्गले अगाडि बढ्ने धारणा ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्