२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोक प्रशासनले दिने सेवामा सुधार

सिन्धुपाल्चोक,१२ जेठ
जिल्ला प्रशासन कार्यलय सिन्धुपालचोकले जिल्लाको वस्तुगतस्थीति बारे पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । शुक्रबार विपद् व्यवस्थापन सेवा प्रवाह लगाएत विषवस्तुमा छलफल भएको हो ।
पछिल्लो समय प्रशासनले दिने सेवामा उल्लेख्य सुधार भएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले प्रशानसन कार्यालयबाट प्रदान हुँदै आएको नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरुमा ब्यापक सुधार भएको जानकारी गराउँनुभएको थियो । अहिले एकै दिनमा कुनै पनि नागरिकको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी समेत बन्ने गरेको उहाँले बताउँनुभयो ।
साथै विपद व्यवस्थापनको सवालमा पनि जिल्ला विपद व्यवस्थापन समितिबाट विशेष कार्य हुँदै आएको बताउनु भयो ।
जुरे पहिरोको पीडितलाई जनस्तरबाट संकलित रकम नगदै वितरण गरीएको , विपद पुर्वतयारी तथा कृत्रिम घट्ना अभ्यास सञ्चालन गरीएको , ५० स्थानमा भौगर्भिक अध्ययन गरीएको , ७ सय ३४ लाभग्राहीले आवास निमार्ण सुरु गरी पहिलो किस्ता ५० हजार रुपैँया लिईसकेका र १ सय ६३ लाभग्राहीले पुनस्र्थापनाको लागी जग्गा खरीद गरी अनुदान रकम लिएका सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले प्रगति विवरण प्रस्तुत गर्दै प्रष्ट पार्नु भएको थियो ।
विपदको क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट सबै जिल्लालाई बराबारी हुने गरेको र यसबाट सिन्धुपाल्चोक जस्तो विपदग्रस्त क्षेत्रलाई अन्याय भएको उहाँको कथन छ । सिन्धुपाल्चोकको अवस्थालाई अध्ययन गरि बढी बजेट विनियोजन हुनुपर्छ उहाँले भन्नुभयो । अब आउने बजेट सिधै पालिकामा जाने पनि प्रमुख जिल्ला अधिकारी े न्यौपानेले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्