२०८१ भाद्र २३
                           

बाढी प्रभावितहरुकाे समस्या  निति तथा कार्यक्रममा समेटिएन दु:ख लागेकाे छ:प्रदेश सांसद तामाङ

सिन्धुपाल्चोक ,१८ जेठ
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश नम्बर २ बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ्ग (समिर)ले १३० बुदाँ लामो निति तथा कार्यक्रममा    मेलम्ची हेलम्बु बाढीबाट प्रभावितहरुकाे समस्या   नसमेटिएकाेमा   दु:ख लागेकाे बताउँनुभएकाे छ ।

उहाँले भन्नुभयाे,”अाफुले पटक पटक सम्सदमा कुरा उठाएपनि नीति तथा कार्यक्रममा समेटिएकाे देखिएन यसमा अापति जनाउन चाहन्छु ।  बाढीबाट प्रभावितहरुले अहिलेसम्म पनि सरकारको महसुश गर्न पाएनन । १३० पृष्ठ लामो निति तथा कार्यक्रममा मेलम्ची हेलम्बुको बाढीको विषयले स्थान पाएन ।बाढिपिडितलाई राहत पुनस्र्थापना  गर्नुपर्नेमा जोड दिन अनुराेध गर्दछु ।”

साथै उहाँले विपन्न लगायत सम्पुर्ण बर्गको जीवनस्तर माथि उकास्ने कुरालाई निति तथा कार्यक्रमले समेट्नुपर्ने बताउनुभयो ।
वैदेशिक रोजगारीको शिलशिलामा देशको युवाहरु विदेशिनु परेको भन्दै स्वदेशमानै युवामैत्री कार्यक्रम ल्याउन, गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यालय सुधारको योजना ल्याउन अनुराेध गर्नुभयाे।

सङ्गै आफ्नो निर्वाचन क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुको चर्चा गर्दै पर्यटनको माध्यमबाट यहाँको विकास गर्ने कुरामा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्