२०८१ भाद्र २३
                           

रत्नराज्यका १०विद्यार्थीलाई छात्रवृत्ति

चनौटे,सिन्धुपाल्चोक
चीन सरकारको अनुदानमानिर्मित भव्यभवनमाअध्ययनरत १० विद्यार्थीलाई चिनियाँ समूहले छात्रवृत्तिप्रदान गरेको छ । विद्यालयले छनोट गरेको पाँचगरिब र पाँचउत्कृष्ट विद्यार्थीलाई सो समूहले छात्रवृत्तिदिएको हो ।

चीन सरकारको वाणिज्य मन्त्रालयअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सहयोग निकायले नेपाललगायतविभिन्नमुलुकमाविद्यालय, स्वास्थ्य संस्था र विभिन्नतहलाई अनुदानदिएर पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ । सोहीअभियानअन्तर्गत हेबेइ निर्माण समुहले भूकम्पबाट क्षतिग्रस्त चौतारा अस्पताल बनाइरहेको छ । अस्पताल निर्माणमा व्यस्तचिनियाँ टोलीले सामाजिकदायित्वमाजुगलगाउँपालिका–५ मा रहेको रत्नराज्यमाध्यमिकविद्यालयपुगेर बालबालिकालाई सहयोग गरेको हो ।

सो समुहले १० विद्यार्थीलाई जनही ६ हजारको दरले छात्रवृत्ति र खेलकूदकालागि १० वटाभलिबल र फुटबल दिएकाहुन् । खेलकूद सामग्रीविद्यालयकाप्रधानाध्यापक टीकादत्त पौडेललाई हस्तान्तरण गरिएको हो । छात्रवृत्ति रकमभने सम्बन्धितबालबालिकालाई नै प्रदानगरिएको छ । चिनियाँ परोपकार कार्यक्रममाचौतारा अस्पताल निर्माण गरिरहेका समुहकाकम्पनीम्यानेजर गुओबाओचिङ, प्राविधिकप्रमुखवाङ पियनलेइ, प्रतिनिधिलिउबो, जाङ् स्वेस्वे र वाङ् स्याओ हु ले सहयोग रकम जुटाएका हुन् ।

कार्यक्रममाशिक्षकहरु हरिचन्द्र पौडेल, पुष्पतिमल्सिनालगायतले विद्यालयनिरीक्षण गराएर सहयोग पु¥याएकाथिए । चिनियाँ टोलीलाई विद्यालयको समस्याबारे जानकारी दिएकाथिए । विद्यालयको सबै समस्याचिनियाँ राजदूतावाससम्म पु¥याउनेसो समूहले वचनदिएको छ ।

प्रतिक्रिया दिनुहोस्