२०८१ भाद्र २३
                           

शिक्षा,खेलकुद्को बजेट २५ भन्दा मुनिका युवा बालबालिकालाई प्रोत्साहन हुने गरि लैजानु पर्दछ् : पौडेल

बागमती प्रदेशका प्रदेश सभाका सदस्य सरल सहयात्री पौडेलले निती तथा कार्यक्रममा पुनलेखन आवश्यकता नभएको तर महत्त्वका साथ हेर्न र अवलम्बन गर्नुपर्ने बताएका छन् । प्रदेश सभाको निति तथा कार्यक्रममा उहाँले राष्ट्रिय महत्त्वका विषयमा सधै विरोध गर्ने, देशको नागरिता त्यागेर अमेरिका यूरोप, ठूलाठू‌ला देशमा बसेंर नेपालमा पसिना बगाउने लाइ चोर डोकाको संज्ञा दिएर राष्ट्रवादरी भइँदैन भन्ने भनाई राख्नु भएको छ। काठमाण्डौमा गरिबले बेच्ने चनाचटपट र पानी पुरी खोसिदाको पिडा सामाजिक संजालमा व्यक्ति भैरह‌दा सरकार गरिबको लागी पनि हो भन्ने अनुभूति दिनु पर्ने, बताउनु‌का साथै वागमती प्रदेश सरकारले यस्तै प्रकृतिका साना व्यवसायीहरुलाइ परेका मारका विषयमा चासो राख्नुपर्ने बताए। संघियताको सवाल‌मा प्रदेशलाई अभिभावकत्व दिएर सधाउनुपर्नेमा नियन्त्रकको भूमिका गर्दा र संघियता दिए जस्तो मात्र गर्दा संधियत विरोधीहरूलाई फाइ‌दा पुगेको बताउनुभयो । पारदर्शिता र सुशासनको निमित्त भ् न्यखभचबलअभ मा जानु जरूरी रहेको ,

शिक्षा क्षेत्रको बजेट जरामा अर्थात बालबालिकामा केन्द्रित हुने गरी र खेलकुद क्षेत्रको बजेट मुख्यतय २० , २५ भन्दा मुनिका युवाहरूलाई लक्षित हुनेगरी गर्दा मात्र खेलकुद क्षेत्रमा विकासको मोडल तयार हुने बताउनुभयो । आफै सगरमाथा आरोही भएको बताउँदै नेपालमा माउटेनिङ टुरिजम, कल्चरल टुरिजम र रिभर टुरिजमलाई महत्त्व दिए अर्थतन्त्रलाई सहयोग पुग्ने र विभीन्न देशको फेसन डिजाइनरका फ्यान शुभचिन्तक फ्यान भन्दा परम्पराबाट विभेद गर्दै आएको जुत्ता , फलाम लगायत घरेलू रेडिमेंट पोशाक उत्पादन तथा व्यवसायीलाई प्रोत्साहन र सह‌योग गर्दा रोजगार तथा घरेलु उत्पादन महत्वपूर्ण दिदा अर्थतन्त्रमा राम्रो भूमिका खेल्ने बताउनुभयो ।

जनयुद्ध जनआदोलन वर्तमान व्यवस्थाको आधार भएको र त्यहि आधारबाट सामानुपातिक र जनजाती कोटाबाट मानतीय हुनुभएकाहरुले विरोध नगरी जनयुद्ध र जनआन्दोलन जिन्दावाद र धन्यवाद दिए ईतिहासको महत्त्व र त्यस अधिकारको रक्षा हुने बताउनुभयो । केन्द्रको अर्थमन्त्रीले १७ खर्बको बजेट बानाउनु हुन्छ । प्रदेश सरकारले ६०,७० आर्बको बजेट बनाउ छ , स्थानिय तहले ३०,३५ करोडको बजेट बानाउ छ तसै गरी एउटा गाउको टोलको १०० जना मान्छे एक ठाउँमा केन्द्रीत भएर ५० लाखको ३० लाखको योजना बनाएर उहाहरुले कार्यनव्य गर्न सक्ने वातावरण र कानुन बनाईदिएको दिन समाजवाद आउने कुरा प्रस्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्