२०८१ पुष ७
                           

१३ वर्षीय बाल लेखक कुञ्जलशुभेच्छु लुइटेलको पुस्तक सार्वजनिक

जेठ २३, २०८० काठमाडौँ ।
नेपाल बालसाहित्य समाज र युनाइटेड स्कुलद्वारा संयुक्त रूपमाआयोजितएक समाराहका बिच १३ वर्षीय बाल लेखक कुञ्जलशुभेच्छु लुइटेलको पुस्तक सार्वजनिक भएको छ । समारोहमा लुइटेलकोे पुस्तक“मैले पढेका पुस्तक“ को लोकार्पण गरिएको छ । सो पुस्तक समारोहकाप्रमुख अतिथिवरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले गर्नुभयो । सो कार्यक्रमको अध्यक्षता बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले गर्नुभएको थियो ।

कार्यक्रममा युनाइटेड स्कुलका निर्देशक कविराजवान्तवा, वरिष्ठ कविभुवनहरि सिग्देल, समालोचक प्रा.डा. जीवेन्द्रदेव गिरी, लोकार्पित कृतिका सम्पादक विनयकुमार शर्मा नेपाल, साहित्यकार दिव्यगिरी, रामप्रसाद दाहाल, डा. विष्णु राई, प्रह्लादपोखरेल, प्रभा भट्टराई, डा. यादेवी ढकाल, डा. सीता सुवेदीपन्थी, गङ्गापौडेल कर्माचार्य, शिवानी घिमिरे, पुष्पलताआचार्य, नेत्र न्यौपाने, ललिता दोषी,कुञ्जलशुभेच्छु लुइटेलको मैले पढेका किताब भित्र माधवप्रसाद घिमिरेको बालालहरी, वसन्तकुमार शर्मा नेपालको तीनतारा, गङ्गाकर्माचार्य पौडेलको नबिराउनु नडराउनु, विष्णुकुमार पौडेलकानयाँ सङ्कल्प, हात्तीको फुर्ती, शारदा अधिकारीको हराएकी छोरी, रमेश विकलको केही मूर्खहरुको कथा, महेश पौडेलको चिम्पान्जीको चिन्ता, ज्ञान उदासको नानीकाकथाको किताब, जनकप्रसाद हुमागाईंको नानीको प्रगति, प्रमोद प्रधानको खैरो बकुल्लागङग कर्माचार्य पौडेलका छमछमी नाच्छु तीजमा, कागले किनकाँकाँ भन्छ? जस्ता समीक्षा समेटिएका छन् ।

त्यसै गरी किताबमाकनकमणि दीक्षितको काठमाडौँ सन्धि, छायादत्त न्यौपानेको हाम्रा कुरा, रामदेव पाण्डेको घर जस्तो स्कुल मेरो, ज्ञाननिष्ठ ज्ञवालीको सविज्ञाको कम्प्युटर, यम बास्तोलाको गायक बिरालो, शेखर श्रेष्ठको सेतो हिमालमुन्तिर, विनयकसजूको अबोलाको मोबाइलफोन, शान्ति सापकोटाको लुसीको माया, म्याक्सिमगोर्कीको हृदयको ज्योति, देबु लुइटेलको मेरो गाउँ, यशु श्रेष्ठका रुँदै कराउँदै र कताजाऔँ होला?पनि समेटिएका छन् । यस कृतिमारामकुमार पण्डित क्षेत्रीको बुद्ध विचार, सजनी नौबागेको राजकुमारीको सपना, चन्द्रमापौडेलको बाघको भिडियो, दिव्य लक्ष्मीपोख्रेलको झिलिमिली जुनतारा, प्रभा भट्टराईको पोसिलाकविता, छायादत्त न्यौपानेको केरै केरा, सुरेन उप्रेतीको नेपालकाशान, ललिता दोषीको दुई खुट्टे बिरालो, विजयराज आचार्यको स्वयम्भूका आँखाहरु, कार्तिकेय घिमिरेको वाहा ! दुनोट पसलेकी छोरी, कवितारामश्रेष्ठको जुजु हिरा, गीता सापकोटाको पुरस्कार, विनयकुमार शर्मा नेपालको किसान र भगवान् जस्ता कृतिमाथि लेखिएका लघुसमीक्षा समेटिएका छन् ।

समारोहमा बोल्ने क्रममा बक्ताहरुले कुञ्जलको प्रतिभाको खुलेर प्रशंसा गरे । प्रमुख अतिथिको आशनबाट बोल्दै प्रमुखअतिथि त्रिपाठीले भन्नुभयो ः कुञ्जलबाल्यकालमाहामीसँगै नजिकै बसेर हुर्किएकाहुन् । उनीहाम्राआँगनमाखेल्नआइरहन्थे । हामीलाई गुरुबा गुरुआमाभन्थे । उनी त्यस बेलाचञ्चल छन् आजउनीमञ्चमाशान्तभएर बसेको देख्दाखुसीलागेको छ । कोरोनाकाल देखि आजसम्म लेखेका यतिका सामग्रीको प्रकाशन देखेर झन् खुसी लागेको छ । उनलाई बधाई छ । मैले केहीनमुना समीक्षा पढ्दा राम्रो लाग्यो । यहाँमाधव घिमिरेदेखि, रमेश विकल र जनकप्रसाद हुमागाईंदेखि नव पुस्ता सम्मका प्रतिभाकाबाल साहित्यिक कृतिको चर्चा गरिएको रहेछ । बालसुलभ समीक्षाचेत पढ्नपाएर म खुसीभएँ ।


समारोहलाई सम्बोधनगर्दै कार्यक्रमकाअतिथि युनाइटेड स्कुलकानिर्देशक डा. कविराजवान्तवाले आफूले सबै कृति पढिसकेको भन्दै बालबालिकाको क्षमताले उचितनिकास पाएगर्ने रहेछ भन्ने विशवास जागेको बताउनुभयो । उहाँले अगाडि थप्नुभयो ः कुञ्जलले लकडाउनदेखि आजसम्म लेखेका सामग्री देखेर मैले नै प्रकाशन गर्छु भनेको हुँ । हाम्रो विद्यालयक्षमतावान् एवम् प्रतिभावान् विद्यार्थीको कदर गर्दछ । कुञ्जललाई बधाई छ । उनकाअभिभावक र उनीसँग सम्बन्धजोडिनु हाम्रो स्कुलको पनि खुसीको कुरा हो ।

समारोहमा सम्पादकविनयकुमार शर्मा नेपालले आफ्नो सम्पादकीयमन्तव्य प्रस्तुतगर्नुभयो । उहाँले भन्नुभयो ः बालबालिकाले कथा, कवितालेखेर छापेका उदाहरण छन् तर बालसमीक्षकको कृति र यतिका संख्यामा कृतिमाथिका समीक्षाआउनु खुसीको कुरा हो । यस कृतिले आजको नयाँ पुस्ताले बालसाहित्यलाई कसरी हेर्छ र बुझ्छ भन्ने सन्देश दिएको छ । यहाँनेपालीबालसाहित्यका समकालीन पुस्ताकाविविधपक्षको प्रतिनिधित्व छ । मैले सामग्री देख्नासाथप्रकाशनगरिदिनुपर्छ भनेको हुँ । मैले यो कृति सम्पादनगर्ने क्रममा कुञ्जलको भाषालाई यथावत् रहनदिएको छु ।

समारोहमाउपस्थित सबैलाई स्वागतगर्दे साहित्यकार डा. रमेश शुभेच्छुले कुञ्जलको शारीरिक र मानसिकविकासमा सघाउने धाइआमादेखि विद्यालयकाआयादिदीदेखि, ड्राइभर, गार्डदाइ देखि सम्पूर्ण शिक्षकलाई धन्यवाददिनुभयो । उहाँले बालबालिकालाई वातावरण दिएगर्ने रहेछ भनेर हामीले थाहा पाएपछि किताब पढेर लेख्ने वातावरण दिएको बताउनुभयो । उहाँले बालसाहित्य समाज र युनाइटेड स्कुलका सदस्यका साथै समारोहमाउपस्थित सबैमा स्वागतगर्नुभयो ।

सोही समारोहमा खडानन्द लुइटेलद्वारा लिखित सम्पर्क पुस्तिकाको पनिलोकार्पण भयो । यस पुस्तिकामा लुइटेलको पाँचपुस्ते वंशावली सम्पर्कसहित रहेको छ ।समारोहमा साहित्यकार गीता सापकोटाले कार्यक्रको उद्देश्य माथिप्रकाशपारेकीथिइन् भने कृतिकार कुञ्जलशुभेच्छुका पितामह सूर्यनाथ लुइटेल र मावलीबादधिरामदाहालले स्वस्तीवाचन गरेका थिए । कुञ्जलको ब्रतबन्धको प्रीतिभोजकाअवसरमागरिएको कार्यक्रमहुँदात्यहाँदीपप्रज्वलनगर्दै स्वस्तीवाचनगरिएको थियो । साहित्यकार धरणी गौतमले ब्रतबन्ध संस्कार सिकाउने कार्यक्रमभएको हुँदा यो आधुनिक संस्कार सिकाउने नमुनाकार्य बनेको प्रतिक्रियादिए ।

प्रतिक्रिया दिनुहोस्