२०८१ भाद्र २३
                           

प्रयाप्त स्रोतको अभावमा सोच अनुसारको काम गर्न समस्या छ :नगरप्रमुख तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले प्रयाप्त स्रोतको अभावमा सोच अनुसारको काम गर्न समस्या देखिएको बताएका छन । शुक्रबार राय सुझाभ कार्यक्रममा बोल्दै  तामाङले दिर्घकालीन योजना बनाएर समृद्ध मेलम्ची निर्माणको दिशामा अघि बढ्ने उनको भनाई छ ।

गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेलम्ची नगर प्रमुखमा प्रतिस्पर्धा गरेका बालकृष्ण देउजाले नगरलाई व्यक्तिले तिर्ने दर भन्दा करकाे दायरा बढाउन सुझाब दिएका थिए ।

नेकपा एकीकृत समाजवादीबाट प्रतिस्पर्धा गरेका नानीराम चाैलागाईंले एक वडा एक उद्योग स्थापना गर्ने नीति ल्याउन नगरलाई सुझाव दिए । चाैलागाईले कृषिलाई व्यवसायिकीकरण गर्न एक वडा एक शीत भण्डार व्यवस्था गर्नुपर्नेमा जाेड दिए ।

निवर्तमान नगरप्रमुख डम्बर बहादुर अर्यालले बस्तीस्तरबाटै याेजना तर्जूमाकाे सुरुवात गर्न सुझाब दिए । उनले सार्वजनिक जग्गाको संरक्षणमा ध्यान नपुगेकाे गुनासाे गरे ।

बालअधिकारकर्मी डा. कृष्ण सुवेदीले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि गर्न प्रतिस्पर्धाकाे माध्यमबाट प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने बताए । नेकपा एमालेका अध्यक्ष विजयकृष्ण श्रेष्ठले विकासलाई उत्पादनसँग जाेड्नु पर्ने धारणा राखे । उनले कृषि र पर्यटनकाे क्षेत्रमा लगानी बढाएर नागरिककाे आम्दानी बढाउने नीति अवलम्बन गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्द्रावती बहुमुखी क्याम्पसका अध्यक्ष सिपी दुलालले स्थानीय मदिरालाई वैधानिकता दिई करकाे दायामा ल्याएर आन्तरिक स्राेत बढाउन सकिने तर्फ साेच बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाकाे जवाफ दिंदै नगरप्रमुख आइतमान तामाङले आएका सुझाबलाई प्राथमिकताका आधारमा क्रमस: समावेश गरिंदै जाने प्रतिवद्धता जनाए । उनले प्रयाप्त स्राेतकाे अभावमा साेच अनुसारकाे काम गर्न समस्या देखिएकाे बताए । तामाङले दिर्घकालीन याेजना बनाएर समृद्ध मेलम्ची निर्माणको दिशामा अघि बढ्ने जानकारी दिए ।

उनले संघीय र प्रदेश सरकारसँगकाे समन्वयमा याेजना तर्जूमा गरि आम नागरिककाे भावनालाई समेटेर नीति तथा कार्यक्रम बनाउने बताए । कार्यक्रममा नगर उपप्रमुख उमा प्रधानले आगामी वर्षको याेजना तर्जूमाकाे चरणमा रहेकाले सराेकारवालाहरुले दिएकाे सुझाबलाई समेत आधार मानेर नीति तथा कार्यक्रम बनाउने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले कार्यक्रमले समुदायकाे अपेक्षा अनुरुप नीति र बजेट बनाउन सहयाेग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्