२०८१ भाद्र २३
                           

राष्ट्रिय युवा संघ सिन्धुपाल्चाेककाे अधिवेशन चाैतारामा सुरू, नयाँ नेतृत्व आजै आउने

चौतारा । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्लाकाे ११ औं अधिवेशन चौतारामा सुरु भएको छ । ११ औं अधिवेशनको केन्द्रिय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा सुरु भएको हाे । प्रमुख अतिथी थेवेले ” युवाहरुले पद केन्द्रीत भएर अधिबेशनमा भाग लिने हैन, नीतिमा केन्द्रीत भएर युवाहरुको भबिष्य उज्वल कसरी बनाउने भनेर अधिबेशनमा बहस गर्नुपर्ने बताउनु भयो ।

उहाँले ” राष्ट्रिय राजनीतिलाई गठबन्धनले राष्ट्रघात गर्ने अवसरको रुपमा प्रयोग गर्यो, अदालतलाई निरीह बनाउन अपराध ठहर भएकालाई माफी दिएको बताउनुभयो । उहाँले मिचेको भूमि मिच्नेलाई नै दिन सरकारले षडयन्त्र गरेको आरोप लगाउनु भएको छ । युवा उठ्नु पर्छ । ईतिहाँसले दिएको भूमिका निर्वाह गर्न हामी सबैको भुमिका हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथी पार्टी केन्द्रिय सदस्य एवम बाग्मती प्रदेसका पुर्व मन्त्री शरेश नेपालले अनुशासित र चुस्त कमिटी बनाउन सुझाउनु भएको छ । उहाँले राज्यकाे सबै सयन्त्रलाई सहि दिशामा अगाडि लैजान युवा संघकाे महत्वपुर्ण भूमिका रहेकाे भन्दै युवाहरूले अबकाे समृध्द नेपाल निर्माणमा लाग्न अनुराेध गर्नुभयाे ।

अधिवेशन शनिवार सुरू भएकाे हाे । अधिवेशनले नया जिल्ला कमिटि निर्माण गर्ने र अाईतवार सम्पन्न हुने अायाेजक समितिले जानकारि दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्