२०८१ भाद्र २३
                           

अर्थमन्त्रीलाई सांसद सापकोटाको प्रश्न :  ओरेन्ट म्याग्नेसाइट र तातोपानी लिपिङ सडकको जवाफ खै ?

 

५० करोडको सम्झौतामा १० लाख बजेटले कसरी काम हुन्छ ?
२९ जेठ, काठमाडौं ।

सिन्धुपाल्चोक १ का संघीय सांसद माधव सापकोटा सुबोधले ५० करोडको सम्झौता भएका स्थानमा १० लाख रकम विनियोजन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आर्थिक बर्ष २०८० ८१ को राजश्व र व्ययको बार्षिक अनुमानमाथिको छलफलमा अर्थमन्त्रीलाई प्रश्न राख्दै सांसद सापकोटाले भने मैले ओरेन्ट म्याग्नेसाइटका बारेमा माननीय अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थिएँ, जवाफ पाउन सकिन । ३७ करोड, ५० करोडका विभिन्न ठेक्का सम्झौता भएका छन्, पुस्तक पढ्दा जम्मा १० लाख पैसा छ, त्यो व्यवस्थापन कसरी हुन्छ, हुन्छ ? बाह्रविसे देखि तातोपानी लिपिंसम्म मित्रराष्ट्र चीनसँग सिमा जोडिएको सडक यसका बारेमा विशेष योजना आवस भनेको थिएँ, त्यसको जवाफ पाउन सकिन । धुलीखेलदेखि लिपिंसम्मको अरनिको राजमार्गको डिपिआर बनोस भनेको थिएँ, त्यसको पनि जवाफ पाइएन, विपद व्यवस्थापनका बारेमा बजेटमा, नीति कार्यक्रममा कतै पनि बोलिएन र अर्थमन्त्रीको जवाफमा पनि त्यो कुरा आएन, मेलम्ची खानेपानी, तातोपानी नाका, दहत्तर बहत्तर, जलविद्युत आयोजना, पर्यटन क्षेत्रलगायतका विभिन्न क्षेत्रबाट मूलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको सिन्धुपाल्चोकलाई गम्भीरतापूर्वक हेरियोस् ।

प्रतिक्रिया दिनुहोस्