२०८१ भाद्र २३
                           

जुगँलको एक वर्षे : शिक्षा, स्वास्थ्य ,उत्पादन र रोजगार बिशेष प्राथमिकतामा

सिन्धुपाल्चोक ,३१ जेठ
सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये जुगल गाउँपालिकाले पनि आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक तथा सार्वजनिक सुनवाई गरेको छ । बुधबार जुगल गाउँपालिकाले पनि अन्य स्थानीय तह जस्तै “सामाजिक न्यायसहितको समृद्ध जुगल” बनाउँन शिक्षा, स्वास्थ्य उत्पादन र रोजगारलाई बिशेष प्राथमिकता दिएको छ ।

गाउँपालिकाको सर्वागींन बिकासका लागि गाउँपालिकाको सिमित स्रोत साधन एवं आवश्यकताहरुलाई सन्तुलन गराई तत्काल पुरा गर्नुपर्ने योजनाहरुलाई प्राथमिकतामा राखी पालिका स्तरको गौरबको योजनाहरु साथै सामुहिक उत्पादनमा जोड दिएको छ ।

निति तथा योजनामा आर्थिक, सामाजिक, पुर्वाधार विकास, वातवारण तथा विपद् ब्यवस्थापन, सुशासन तथा संस्थागत बिकास विषयगत क्षेत्रलाई लक्षित गरी समृद्ध जुगल निर्माणका लगि लागु गरिएको आर्थिक बर्ष २०७९।८० को निति तथा कार्यक्रमको शाखागत प्रगति बिवरणमा उल्लेख गरिएका छन् ।

साथै सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय सहभागीले शिक्षा, स्वास्थ्य, कृषि, महिला सहभागीता, गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने र गाउँपालिकाले निर्यातलाई जोड दिनुपर्ने लगायतका प्रश्न उठाएका थिए । सहभागीको प्रश्नको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रेशम स्याङबोले गाउपलिकाले दिने सेवा सुबिधाहरुमा कुनै पनि कमी कमजोरी नहुने बताउँनुभएको छ ।

जुगल गाउँपालिकाको आ.व. २०७९ श्रावण देखि २०८० जेष्ठ ३० गतेसम्मको प्रगति विवरण
“सामाजिक न्यायसहितको समृद्ध जुगल” 
शिक्षा, स्वास्थ्य उत्पादन र रोजगारलाई बिशेष प्राथमिकता दिइ गाउँपालिकाको सर्वागींन बिकासका लागि  गाउँपालिकाको सिमित स्रोत साधन एवं आवश्यकताहरुलाई सन्तुलन गराई तत्काल पुरा गर्नुपर्ने योजनाहरुलाई प्राथमिकतामा राखी पालिका स्तरको गौरबको योजनाहरु साथै सामुहिक उत्पादनमा जोड दिने निति तथा योजना सहित आर्थिक, सामाजिक, पुर्वाधार विकास, वातवारण तथा विपद् ब्यवस्थापन, सुशासन तथा संस्थागत बिकास विषयगत क्षेत्रलाई लक्षित गरी समृद्ध जुगल निर्माणका लगि लागु गरिएका आर्थिक बर्ष २०७९।८० को निति तथा कार्यक्रमको शाखागत प्रगति बिवरण ।
सुशासन तथा सार्वजनिक सेवा प्रवाह तर्फ
१. खरिद तथा विक्री सम्बन्धी कार्यहरु सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ तथा प्रचलित कानून  बमोजिम विद्युतिय बोलपत्र, सिलबन्दी दरभाउ पत्र लगायतका माध्यमबाट गरिँदै आएको छ ।
२ कार्यालय अन्तर्गत रिक्त रहेका दरबन्दीहरुमा स्थायी पदपूर्ति गर्नका लागि प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशमा माग आकृति फाराम भरी पठाइएको छ ।
३ सार्वजनिक सेवा प्रवाहलाई विद्युतिय प्रणालीमा आबद्ध गर्नका लागि नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरु, स्वास्थ्य केन्द्र र सामुदायिक विद्यालयहरुमा द्रुत गतिको अप्टिकल फाईबरको इन्टरनेट जडान कार्य भई रहेको छ ।
४ गाउँपालिकाबाट संचालित योजना तथा कार्यक्रमहरुको भुक्तानी गर्दा चरणबद्ध रुपमा अनुगमन गरी मुल्याङ्कन पश्चात् मात्र भुक्तानी कार्य गरिँदै आएको छ ।
५ कार्यालयबाट सम्पादन हुने दैनिक सेवा प्रवाहलाई थप नतिजा मुलक तथा प्रभावकारी बनाउन आन्तरीक व्यवस्थापन कार्यलाई सरलीकरण गरिएको छ ।
६ शिक्षा क्षेत्रमा सामाजिक परीक्षण गरिँदै आएको र स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत सामाजिक परीक्षणको कार्य भईरहेको छ ।
७ कार्यालयबाट सम्पादन हुने कार्यलाई विधि संवत् बनाउन आवश्यकताका आधारमा ऐन, नियमावली, निर्देशिका, नीति तथा कार्यविधिहरु निर्माण गरी कार्यान्वयनमा ल्याउने गरिएको छ ।
शिक्षा, युवा तथा खेलकूद तर्फ
१ विद्यालय तथ्यांक ९क्ष्भ्ःक्ष्क्०  २०७८ तयारी सहजीकरण र संकलन तथा व्यवस्थापन भएको छ ।
२ चिन सरकारको सहयोगमा करिब १ अरब लगानीमा निर्माण भएको सुविधासम्पन्न श्री रत्न राज्य माध्यमिक विद्यालयमा बिभिन्न विषयको अध्ययन गराइ यस क्षेत्रकै केन्द्रिय विद्यालयको रुपमा बिकास गर्ने योजना सहित  अन्य विद्यालयहरुमा गुणस्तरीय शिक्षाको बिकास गर्ने योजनाहरु संचालन भएको छ ।
३ गुणस्तरीय शिक्षाको लागि  शिक्षण स्वंयम सेवक दरबन्दी सृजना गर्ने उद्देश्य सहित गाउँपालिकाले अंग्रेजी, गणित र विज्ञानमा गरि १२ जना शिक्षकको दरबन्दी सृजना गरिएको छ र भर्खरै मा.बिमा ३ निमाविमा ४ गरि ७ जना नियुक्ति भइसकेको छ ।
४ तेम्बाथाङमा चौरी गोठ तथा संगुलिङ, दिप्पु र तेगा गरि २७ जना वालवालिकाहरुलाई आवसिय अध्ययन शुरु भएको छ ।
५ मातृ भाषा अध्ययनका लागि तालिम सम्पन्न भइ पाठ्यक्रम पुस्तक निर्माण अन्तिम चरणमा रहेको छ ।
६ आधारभूत तह (कक्षा १–३) पाठ्यक्रम प्रवोधिकरण तालिम सम्पत्र भएको छ ।
७ गाउँपालिका स्तरीय प्रधानाध्यापक बैठक तथा तालिम सञ्चालन, विद्यालय कक्षा÷तह अपग्रेडको व्यवस्थापन र विद्यालय सञ्चालन क्षमता विकास तालिम सम्पन्न भएको छ ।
८ स्थानीय तह स्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षा मूल्यांकन प्रमाणीकरण र प्रमाण पत्र वितरण भएको छ ।
९ बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा शिक्षक संघ, संगठन, महासंघ विच अन्तरक्रिया सम्पत्र भएको छ ।
१० आ.व. २०७८÷७९ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त, स्थायी शिक्षक पदस्थापन भएको छ ।
११ विद्यालयमा शौचालय निर्माण कार्य र घेरावारको योजनाहरु सम्पन्न भएको छ ।
कृषि विकास तर्फ
१. ढाँडेमा तरकारी संकलन केन्द्रको निर्माणाधिन अवस्थामा रहेको छ ।
२ जुगल गाउँपालिकाका १५ जना युवाहरुलाई मिनिटिलर (हाते ट्रयाक्टर) मर्मत सम्बन्धी ५ दिने तालिम सहित १५ सेट मर्मत सामग्री (टुलबक्स) वितरण गरिएको छ ।
३ कृषकहरुको समस्याहरु, गुनासाहरु, सुझावहरु साथै चालु आ.व.का कार्यक्रमहरु सञ्चालन सम्बोधन गर्न अगुवा कृषकहरुसँग अन्तरक्रिया कार्यक्रम संचालन भएको छ ।
४ प्रत्येक वडाका ६ जना सुनौलो हजार दिनका आमाहरु गरी जम्मा ३६ जनालाई २ दिने च्याउ खेती तालिम प्रदान प्रदान गरि उत्पादन सामग्री समेत वितरण भएको छ ।
५ प्रत्येक वडाका ८ जना सुनौलो हजार दिनका आमाहरु गरी जम्मा ५६ जनालाई तरकारी खेती तालिम दिइ मिनिकिट वितरण गरिएको छ ।
६ चेपे कृषि सहकारी संस्था लि. सँग साझेदारीमा २५० बोट किवी सहितको बगैँचा स्थापना भएको छ ।
७ सुकपाथी कृषि तथा पशुपालन फर्मको साझेदारीमा किवी बगैचामा ५१ ओटा टि पोल व्यवस्थापन भएको छ ।
८ ए.वि.एस. कृषि तथा पशुपालन फर्मसँगको साझेदारीमा ८०० बोट टिमुर, ५ ओटा कृषि फर्मको साझेदारीमा लसुन, अदुवा बेसार, स्यालाल नमुना कृषि फर्मसँगको साझेदारीमा २४० बोट ओखरको विरुवा, सिलवाल नर्सरी तथा कृषि फर्मको साझेदारीमा १४० बोट ओखर, हगाम कृषक समुहसँग साझेदारीमा १४० बोट ओखर र अम्मर सिंह पोखरी कृषि तथा पशु फर्म साझेदारीमा टीमुर बिरुवा रोपिएको छ ।
९ हगाम टोल विकास संस्थासँग साझेदारीमा धसिङ्ग्रेको बिरुवा र सोनाम फेल हशीङ कृषि फर्मको साझेदारीमा  २५०० ओटा अमिस्रोको बिरुवा रोपिएको छ ।
पशुसेवा तर्फ
१ कृषि तथा पशुपन्छी विमा प्रोत्साहन कार्यक्रम अन्तर्गत नेपाल सरकार, गाउँपालिका र किसानहरुको साझेदारीमा हालसम्म २ करोड ६० लाख बराबरको  ७०५ वटा विभिन्न पशुपन्छीहरु बिमा भईसकेका छन् । यी मध्ये १८ लाख बराबरको ४५ वटा पशुहरुको बिमा दावी भुक्तानी भईसकेको छ ।
२ माथिल्लो भेगका चौरीपालक किसानहरुलाई आवश्यकताको आधारमा १२ जना घरपरिवारलाई मिल्क क्रिम सेपेरेटर लगायतका प्रविधि हस्तान्तरण गरिएको छ ।
३ पशुपन्छीमा लाग्ने विभिन्न रोग (थुनेलो, निमोनिया, रुघाखाकी, ज्वरो आदी) हरुको निशुल्क परामर्श, उपचार र रोकथाम गरिएको छ ।
४ लोकल कुखुरा संरक्षण कार्यक्रम अन्तर्गत वडा नं.२,३ र ४ का ३० जना ग र घ वर्गका अपाङता भएका व्यक्ती तथा विपन्न नागरिकहरुका लागी ३०० लोकल कुखुराको चल्ला,दाना तथा भाँडाहरु वितरण गरिएको छ ।
५ बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमाहरु र बच्चालाई अण्डा र मासुमा पहुँच पुर्याई पोषण सुधारका लागी यस गाउँपालिकाका वडा नं.१,६ र ७ का ६८ जना आमाहरुलाई ६०० वटा  उन्नत लेयर्स जातको कुखुराको चल्ला वितरण गरिएको छ ।
६ कृषि तथा पशुपन्छीपालन कृषक स्तरीय तालिम कार्यक्रम अन्तर्गत ३२ जना कृषकहरुलाई उन्नत बाख्रपालन तालिम र २९ जना कृषकहरुलाई उन्नत कुखुरापालन सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिएको छ ।
७ कुकुरहरुमा रेविज रोग रोकथामको लागी आवश्यकतको आधारमा वडा  नं.२,५,६ र ७ का कुकुरहरुमा  ३५० डोज रेविज खोप निशुल्क लगाईएको छ ।
८ वडा नं.१,३ का बाख्राहरुमा सि.सि.पि.पि.रोग र गाई भँैसिहरुमा लम्पी स्कीन रोगका लक्षण देखिदा निशुल्क शिविर गरि करिब ४५०० बाख्रा तथा हजारौ गाई भँैसीहरुको उपचार तथा रोकथाम गरिएको छ ।
९ मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४ वटा बाख्रापालन फर्महरुलाई खोर निर्माण मर्मत तथा सम्भारको लागी अनुदान प्रदान गरिएको छ ।
१० पालिका स्तरीय डेरी स्थापना कार्यक्रम अन्तर्गत दूध संकलन केन्द्र र दूध चिस्यान केन्द्र स्थापना गरिएको छ ।
भौतिक पूर्वाधार तर्फ
१ (नयाँ ट्रयाक) ३० किलो मिटर निर्माण कार्य सम्पन्न भएको छ भने २०० कि.मि. सडक स्तरोन्नती कार्य सम्पन्न भएको छ । त्यसैगरी ३ कि.मि. सडक ग्रबेल गरिएको छ ।
२. बाँधसिम्ले कुनेगाउँ सेलाङ, बैकुण्ठे नाम्फ सन्चगाउँ सडक, गोन्डेगाउँ पंगर्पु र सुनखोला घुङा पाङताङ सडक सम्पन्नका लागि अन्तिम चरणमा रहेको छ ।
३ वडा नं. ३ को नेशम खोलामा र वडा नं. १को दोबाटोमा झोलुङ्गे  पुल निर्माण कार्य सम्पन्न भएको  छ ।
४ जोखिमयुक्त स्थानको भुर्गभविद र प्रविधिक टोलि द्घारा निरक्षण  गरी भू संरक्षण गरिएको छ ।
५ सिँढी÷गोरेटोबाटो ३००० मिटर निर्माण कार्य सम्पन्न भएकोछ ।
६ पालिकाको गौराब को आयोजन अन्र्तगत सेलाङ खेलमैदान, १० बेड अस्पतल, सिन्दुर्चे भ्युुउ प्वाइट लगायत अन्य केही आयोजनाहरुको डिपिअर भइ योजना सुचारु भएको छ ।
७ प्रशासकिय भबन निर्माण अन्तिम चरणमा रहेको छ । सडक विस्तार तथा इ विड मार्फत ६ वटा ठेक्काहरु को काम अन्तिम चरणमा रहेको छ ।
८ विभिन्न सामुदायिक भवन गरी जम्मा ९ वटा निर्माण तथा मर्मत कार्य गरिएको छ । यसैगरी ९ वटा मन्दिर मर्मत
कार्य सम्पन्न भएको छ भने १ वटा छुर्तेन निर्माण गरिएको छ ।
योजना तथा कार्यक्रम तर्फ
१ गाउँपालिकामा २ ओटा टोल बिकास संस्था दर्ता भइ ९ वडा योजनाहरु संचालन भएको छ ।
२ २३० वटा योजनाहरु सम्झौता भएकोमा १९५ सम्पन्न भई भुक्तानी भई सकेको र बाँकी ३५ वटा योजना सञ्चालन अवस्थामा रहेको छ ।
पर्यटन ः
१. जुगल हिमश्रृंखलाको बिभिन्न चुचुरहरु मध्ये ५ वटा नयाँ हिमचुुुचुरहरु आरोहणका लागि खुला गरिएको छ ।
२ नेपेछलको प्रर्बद्धनका लागि यहि बैशाख २ गते धर्म गुरु, पुर्व सभामुख, संघीय सांसद, प्रदेश सांसद र अन्य सम्बन्धित निकायका प्रतिनिधिहरुको सहभागीतामा ऐतिहासिक नेपेमाछल प्रबद्र्धन कार्यक्रम २०८० सम्पन्न गरिएको छ ।
३. जुगल हिमश्रृंखलाको आधार क्षेत्रमा हिमाल आरोहण तथा पर्यटन सम्बन्धिको अन्ताराष्ट्रिय स्तरको तालिम केन्द्र खोल्ने योजना सहित कार्यक्रम अगाडी बढेको छ ।
४. जुगलको पर्यटन बिकासका लागि नेपाल पर्वतारोहण संघ (ल्ःब्) र जुगल गाउँपालिका बिच सम्झौता भएको छ साथै जुगल भिउँप्वाइन्ट निर्माणका लागि हामी नेपाली ग्लोबल नामक अन्तराष्ट्रिय संस्थासँग योजना सम्झौता भइ कार्यन्वयन चरणमा प्रबेश भएको छ ।
४. जुगल भिउँप्वाइन्ट, दोमोङ पोखरी, मन्जुश्री पार्क, भिमसेन थान मन्दिरको डिपिआर निर्माण भइसकेको छ र मन्जुश्री पार्क निर्माणकार्य थालनी भइसकेको छ ।
५. गन्तब्य जुगलको बृत्तचित्र, ट्रेकिङ म्याप, जुगल पर्यटन दर्पण, गुगल ट्रयाक निर्माण भइसकेको छ र बृत्तचित्र नेपाल टेलिभिजनमा प्रशासरण भइरहेको छ ।
६. बुद्र्ध पार्कमा बुद्धको मुर्ति निमार्ण र याङलाकोटमा बहुसाँस्कृतिक भवन निर्माण गर्ने योजना रहेको छ ।
८. २०७९ ज्येष्ट १५ गतेका दिन अन्तराष्ट्रिय सगरमाथा (एभरेष्ट) डे मा जुगल हिमश्रृंखलाको अन्य ५ ओटा हिम चुचरहरु आरोहणका लागि खुला गरिएको सार्वजनिक साथै गन्तब्य जुगलको बृत्तचित्र प्रदर्शन गरियो ।
श्रम बैंक ः
जुगल गाउँपालिका भित्र रोजगारीका पर्याप्त अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको महत्तम उपयोग गर्दै आर्थिक विकासमा योगदान पु¥याउने तथा सबैका लागि न्यूनतम रोजगारी सुनिश्चित गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने उद्धेश्यका साथ श्रम बैंक संचालन कार्यविधी निर्माण गरिएको छ र अगामी गाउँ सभामा ऐनको रुपमा बिकास गरिनेछ ।
अध्यक्ष शैक्षिक कोष संचालन
जुगल गाउँपालिकाभित्रका आर्थिक रुपमा विपन्न, अभिभावक विहीन बालबालिका, शारीरिक रुपमा अपागंता भएका जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्नका लागि सहयोग गर्ने उद्देश्यका साथ जुगल गाउँपालिकाले जुगल गाउँपालिका अध्यक्ष कोष खडा गरी शिक्षा क्षेत्रको विकास र समृद्धिका लागि अध्यक्ष शैक्षिक कोषको स्थापना गरको छ र उक्त कोषमा गाउँपालिकामा स्थापित शैक्षिक बिकास कोषको रकम र अध्यक्षले पाउने भत्ता समेत रहने गरि कोषको ब्यवस्था गरिएको छ र अबको केहि दिनमा छनौट भएका विद्यार्थीहरुलाई छात्राबृद्धि वितरण कार्यक्रम रहेको छ ।
जीवन बिमा ः
जुगल गाउँपालिका क्षेत्र भित्र स्थायी बसोबास गरी बस्ने, विभिन्न राजनीतिक आन्दोलनका घाइते, अपाङ्ग, बेपत्ता साथै अति विपन्न परिवारलाई लक्षित गरी जुगल गाउँपालिकाले रुं १ लाख बराबरको जिवन बिमा गरिएको छ र यस बर्ष ३० जना लाभग्राहीहरुलाई विमा गराइएको छ ।
संचार तथा सूचना प्रविधि तर्फ
१. एकीकृत सूचना ब्यवस्थापन प्रणाली अन्गर्गत राजश्व योजना सम्झौता एस.एम.एस. सिस्टम नयाँ ब्यवसाय २ दर्ता तथा ब्यवसाय नविकरण सफ्टवेयरको माध्यपबाटै भइरहेको छ ।
३ सूचनाको संचारलाई थप छिटो छरितो बनाउन एकैपटक धेरै ब्यक्तिलाई एकैपटक सन्देश पठाउने उद्देश्यको साथ ग्रुप एसं.एम.एस. प्रणालीलाई प्रयोगमा ल्याइएको छ ।
४ नेपाल दुरसंचार प्राधिकरणसँग सम्झौता भए अनुसार ४३ वटा सामुदायिक विद्यालयहरु १२ वटा स्वास्थ्य चौकिहरु (स्वास्थ्य एकाइ) र ७ वटा वडा कार्यालयहरुमा कम्तीमा २० एमबिपिएस क्षमताको ननडेडीकेटेड
द्यचयबम द्यबलम क्ष्लतभचलभत अप्टिकल फाइबर पुर्याउनको लागि कार्य भइरहेको छ ।
कानुन निर्माण ः 
१८ ओटा आवश्यक कार्यविधि निर्माण भएको छ र अगामी गाउँसभामा श्रम बैंक लगायत केही ऐनहरु निर्माण गरि पारित गर्ने कार्यक्रम रहेको छ ।
जलविद्युत ः
१ जल विद्युत निर्माणका लागि प्रशस्त खोला रहेको जुगलमा बिभिन्न जलविद्युत अयोजनाहरु निर्माणाधिन क्रममा रहेको छ र जुगल गाउँपालिकाले आफ्नै नेतृत्वमा सबै जुगलबासीको समान शेयर र प्राइभेट कम्पनीको (एएए ःयमभ)ि साझेदारीमा हाइड्रो निर्माण गर्न महत्वकांक्षीका साथ अगाडी बढेको छ यसका लागि भौगोलिक अध्ययन भइ आवश्यक सबै कागजातका कामहरु भइरहेको छ । तिन बर्ष भित्रमा यो आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
२ निर्मणाधिन अवस्थामा रहेको जलविद्युत आयोजनाहरुबाट प्राप्त हुने सामाजिक उत्तरदायित्वको रकम एकद्वार प्रणालीबाट सम्बन्धित वडामा प्रतिशतको आधारमा समग्र पालिकाको बिकास गर्ने उद्देश्य सहित आउने गाउँसभामा ऐनको रुपमा पारित गरिनेछ ।
औधोगिक ग्राम
जुगल गाउँपालिका वडा नं. ४ को सुनखोलामा सबैखाले ब्यवसायहरुलाई एक ठाउँमा केन्द्रित गराई एक औधोगिक ग्राम खोल्ने उद्देश्यका साथ संघीय सरकार उद्योग मन्त्रालयमा प्रस्तावना पेश गरिेसकेको छ साथै जडिबुटी कारखानाको समेत साझेदारी रहने अनौपचारिक निर्णय भएको छ ।
विपद् व्यवस्थापन तर्फ
१ यस जुगल गाउँपालिको ७ (सात) वटै वडाहरुमा आ.व. २०७७÷०७८ मा मनसुनजन्य विपद लाभग्राही पुननिर्माण÷पुनस्र्थापना लाभग्राही कायम भएका २०९  जना लाभग्राही मध्ये तपसिल स्थानहरुमा सुरक्षित जग्गा खरिद गरि स्थानान्तरण भएका छन् ।
२ जुगल २ लिदिमा २०७७ श्रावणको ३० गतेको पहिरोबाट प्रभावितहरुमध्ये १२० परिवारलाई जग्ग खरिद गरि पुर्जा वितरण कार्य गरिएको छ ।
३ जुगल २ लिदिमा २०७७ श्रावणको ३० गतेको पहिरोबाट प्रभावितहरुमध्ये १२० परिवारलाई जग्ग खरिद गरि पुर्जा वितरण गरिसकेको छ र १ शेलाङको काल्चे गाउँको प्रभावितहरुमध्ये १७ परिवारलाई पुर्जा वितरण भएको छ र अन्य प्रभावित स्थानहरुको भौगर्भिक अध्ययन सम्पन्न भएको छ ।
४. ४१ लाभग्राही चौतारा साँगाचोक गढी नपा वडा नं. ४ कुपिण्डे, देउराली, ६२ लाभग्राही जुगल गाउँपालिका वडा नं.१ सेलाङ, बाँसखर्क, १७ लाभग्राही जुगल गाउँपालिका वडा नं.५ बराम्ची, चनौटे, ८० लाभग्राही चौतारा साँगाचोक गढी नपा वडा नं. ५ चौताराको विभिन्न स्थानहरुमा जम्मा  २०० जना लाभग्राहीको लागि जग्गा खरिद भएको छ ।
महिला, बालबालिका, जेष्ठ नागरिक तथा लक्षित वर्ग तर्फ
१ अपाङ्गता परिचय पत्र वितरण ‘क’ वर्ग ः ४ जनालाई, ‘ख’ वर्ग ः २४ जनालाई, ‘ग’ वर्ग ः २१ जनालाई, ‘घ’ वर्ग ः ७ जनालाई जम्मा ः ५६ जनालाई बितरण भएको छ ।
२ ज्येष्ठ नागरिक परिचय पत्र वितरण ः महिलाः ७ जना, पुरुषः ११ जना जम्माः १८ जनालाई वितरण भएको छ ।
३ ज्येष्ठ नागरिक परिचय पत्र वितरण  निर्देशिका , २०८० तयार गरिएको छ ।
४    पूर्ण अपाङ्गता भएका ५८ जना व्यक्तिहरुलाई न्यानो ब्ल्यांकेट वितरण गरिएको छ ।
५ अपाङ्गता परिचय पत्र वितरण सम्बन्धी शिविर (दुई पटक) सञ्चालन गरी ४० जनालाई परीचयपत्र वितरण गरिएको छ।
६ वडा नं.२, ३ र ४ का ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकलाई लोकल कुखुरा पालन तालिम सञ्चालन गरिएको छ ।
७ लैंगिक हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय अन्तरकृयात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।
८ बाबुआमा विहिन १५ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
९ एकीकृत अपाङ्गता समाजसंग सम्झौता भई अपाङ्गता भएका व्यक्ति तथा निजका अविभावकहरुलाई सिङ्के र बाटे धुप बनाउने तालिम सञ्चालन भएको छ ।
१० बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत वडा नं.१, ६ र ७ का स्वास्थ्य चौकीमा दर्ता भएका गर्भवती महिलाहरुलाई पोषण सुधारका लागि कुखुरा पालन तालिम प्रदान गरिएको छ  साथै सुनौलो हजार दिनका आमाहरुलाई तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ ।
११. बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत वडा नं. १, २ र ३ का सुनौलो हजार दिनका आमा तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिएको छ ।
न्यायिक तर्फ 
१ सबै वडामा मेलमिलापकेन्द्रहरु गठन भई हाल २५ जना मेलमिलापकर्ताहरु लाई आधारभूत तालिम प्रदान गरी सुचिकृत गरिएको र मेलमिलापकेन्द्रमा आवश्यस सामग्री प्रदान गरि मेलमिलापकर्ताहरुलाई प्रोत्साहन हुने कार्यक्रम गर्ने गरिएको ।
२ निरुपण हुन नसकेका विवादहरुमा न्यायिक समितिले पक्षहरु लाई आवस्यक समन्वय र कानूनी सहायताको लागि सहयोग गर्ने गरिएको ।
४ न्यायिक समिति र मेलमिलापकर्ता संग जिल्ला अदालत बाट न्यायिक समिति बारे अभिमुखिकरण र न्यायिक समिति अनुगमन गरिएको ।
५ न्यायिक समिति र मेलमिलापकर्ताहरुको मासिक बैठक बसि आवस्यक सहजिकरण र सहकार्य गर्ने गरिएको ।
७ यस आ.व.को हालसम्ममा २० वटा विवाद दर्ता भएकोमा १५ वट विवदको निरुपण भई ५ वटा प्रक्रियामा रहेको ।
स्वास्थ्य तर्फ ः
१. तेम्बाथाङमा स्वास्थ्य इकाई भवन निर्माण क्रममा रहेको छ र भवन  निर्माण पश्चात बर्थिङ सेन्टर सहितको सेवा सुचारु गर्ने योजना रहेको छ ।
२. पालिका भित्र रहेका एकमात्र १० शैया क्षमताको अस्पताल संचालनका लागि जेरीको रोड अस्पताल संचालनका लागि प्रमाणपत्र हस्तातरण गरिएको छ र संचानलका लागि केहि सहयोग प्रदान पनि गरिएको छ ।
३. लिदीमा स्वास्थ्य इकाइ भवन निर्माण भएको छ साथै याङ्लाकोट स्वास्थ्य चौकी आवश्यक पुर्वाधार निर्माण सँगै बर्थिङ सेन्टर सुचारु भएको छ ।
४ कर्मचारी व्यवस्थापन ः प्रदेश लोक सेवा आयोग, बागमतीबाट सिफारिस भई आएका ५ जना अ.न.मी. र १० जना अ.हे.व. लाई स्थायी नियुक्ति दिई पदस्थापन गरिएको । ३ जना करारमा नियुक्ति दिई पदस्थापन गरिएको ।
५ सबै स्वास्थ्य संस्थाहरुमा अपुग कार्यालय सामाग्रीहरु, नियमित खोप कार्यक्रम अझ व्यवस्थित बनाउनका लागि आवश्यक सामाग्रीहरु र नियमति  औषधिजन्य तथा सर्जिकल सामाग्रीहरु व्यवस्थापन गरिएको छ ।
६ गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मीहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु, कार्यालय सहयोगीहरुलाई विभिन्न प्रकारका क्षमता अभिवृद्घि तालिमहरु संचालन भएको ।
७ सेलाङ स्वास्थ्य चौकीको भवन स्तरोन्नतीका लागि नेपाल हेल्फी, योजना कार्यान्वयन संस्था जनहित र जुगल गाउँपालिका बीच पूर्व सहमति भएको छ ।
८ गर्भवती महिलाहरुले नियमित प्रोटोकोल अनुसार गर्भ जाँच गराए बापत पाउने १ क्रेट अण्डा तथा स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत सुत्केरी महिलाहरुले पाउने १ माना घिउ कार्यक्रम भइरहेको छ ।
९ जिल्ला सामुदायिक आँखा केन्द्र र जुगल गाउँपालिकाको आयोजकतामा मोतिविन्दु छनौट शिविर सञ्चालन भएको, महिला ४७० र पुरुष ३७५ गरि जम्मा ८४५ सेवाग्राहीहरु मध्ये महिला ५४ र पुरुष ४३ गरि जम्मा ९७ जनामा मोतिविन्दु निदान भएको र महिला २० र पुरुष ५० जना गरि जम्मा ७० जनाले चस्मा पाएको छ ।
१० ५ देखि ११ वर्ष उमेर समुहकालाई कोभिड–१९ विरुद्घको फाइजर खोपको पहिलो र दोश्रो मात्राको अभियानहरु सञ्चालन भएको, सेवाग्राहीहरु महिला २१९१ र पुरुष २१७३ गरि जम्मा ४३६४ रहेको छ ।
११ विभिन्न उमेर समुहकालाई कोभिड–१९ विरुद्घको फाइजर खोपको पहिलो र दोश्रो बुस्टर मात्राको अभियानहरु सञ्चालन भएको, सेवाग्राहीहरु महिला ३२५ र पुरुष ३७३ गरि जम्मा ६९८ रहेको छ ।
श्रम तथा रोजगार तर्फ 
संघिय सरकारले रोजगारी सृजनाका लागि उपलब्ध गराएको रु.४६,९९,०००।– रोजगार कार्यक्रमका लागि निर्माण औजार, निर्माण सामाग्री तथा थप श्रमीकको ज्यालामा साझेदारी गरी प्रभावकारी रुपमा योजना सञ्चालनका लागि गाउँपालिकाले विनीयोजन गरेको रु. १५,००,०००।– र वडा नं. ७ ले समेत रु.३,००,०००।– साझेदारी रकम गरी जम्मा रु. ६४,९९,०००।– बाट १४ वटा योजना सम्पन्न गरिएको छ ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण तर्फ
१ यस आ.ब.को हालसम्ममा २५५० जनालाई बैंक मार्फत सामाजिक सरक्षा भत्ता गरिएको छ ।
२ यस आ.ब. हालसम्ममा जन्म ः १०२६, मृत्यु ः १६१, सम्बन्ध बिच्छेद २३ जना, विवाह ३०० र १०८ जनाको बसाइँसराइको अभिलेख रहेको छ ।
उद्यम विकास तर्फ
१ राष्ट्रिय सिप परिक्षण केन्द्र बाट मान्यता प्राप्त ३९० घन्टे इलेक्टिसीयन तालिम सञ्चालन भएको छ ।
२ सहभागितामुलक ग्रामिण लेखाजोखा ३ ओटा तालिम संचालन, उद्यमशिलता विकास ३ ओटा तालिम संचाल, ३ वडामा गलैचा व्यवसाय सिप तालिम संचालन, सिलाईकटाइ तालिम संचालन भएको छ ।
३ बाख्रा पालन व्यवसायी लाई विउँको बोका वितरण भएको छ रउद्यमी प्रोत्साहनको लागि खोर व्यवस्थापनको लागि जस्तापाता वितरण भएको छ ।
राजश्व शाखा तर्फ
१ हालसम्म २६० वटा ब्यवसायी दर्ता भइ संचालनमा रहेको छ ।
२ हालसम्म जम्मा राजश्व ः १,७१,३०,०८८.५१ (एक करोड एकहत्तर हजार तिस हजार अठासी रुपैया एकउन्न पैसा राजस्व संकलन भएको छ ।
वडा नं. १ ः ३,१०,७३५ (तिन लाख दशहजार सातसय पैत्तिस)
वडा नं. २ ः ४,७१,८८९ (चारलाख एकहत्तर हजार आठसय उनन्नब्बे)
वडा नं. ३ ः १,९३,७५७ (एकलाख त्रिनब्बेहजार सातसय सन्तनब्बे)
वडा नं. ४ ः ३,०९,३२६ (तिनलाख नौहजार तिनसय छब्बिस)
वडा नं. ५ ः ३५९२८० (तिनलाख उनन्साठ्ठी हजार दुइसय असी)
वडा नं. ६ ः २२८७१० (दुइलाख अठाइस हजार सातसय दश)
वडा नंं ७ ः १६४२२२ (एकलाख चौसठ्ठीहजार दुइसय बाइस)
पालिका ः १,५०,९२,१६५ (एक करोड पचास लाख बैनब्बेहजार एकसय पैसठ्ठी)
वित्तीय प्रगति तर्फ
१ चालु आर्थिक वर्ष ०७९।८० मा कुल जम्मा ८४ करोड ९७ लाख ४५ हजार ३ सय तेत्तिस विनियोजन भएकोमा गाउँपालिकाको चालुतर्फ ३० करोड ४१ लाख ४४ हजार ७ सय ७७ विनियोजन भएकोमा २१ करोड ९६ हजार (६९.०८ %) खर्च भएको छ ।
गाउँपालिकाको पुँजीगततर्फ २८ करोड ५३ लाख ४ हजार ५ सय छप्पन्न विनियोजन भएकोमा १२ करोड २ लाख (४३ % खर्च भएको ।
२ संघीय सरकारबाट हस्तान्तरीत कार्यक्रमतर्फ चालुमा १७ करोड ७४ लाख विनियोजन भएकोमा १२ करोड ४७ लाख (७०.२९%) खर्च भएको छ यसैगरि पुँजीगततर्फ ः ४ करोड १७ लाख ८४ हजार विनियोजन भएकोमा १ करोड ६१ लाख १६ हजार (३८.५७%) खर्च भएको ।
३ प्रदेश सरकारबाट हस्तान्तरीत कार्यक्रमतर्फ चालुमा ५७ लाख २९ हजार विनियोजन भएकोमा २४ लाख ९१ हजार (४३.४८ %) भएको छ ।
प्रदेश सरकारबाट हस्तान्तरीत कार्यक्रमतर्फ पँुजीमा ५ करोड ५९ लाख ६७ हजार विनियोजन भएकोमा २ करोड ५३ लाख ७३ हजार (४५.३३ %) खर्च भएकोमा ।
अन्तमा, चालु आ.व. २०७९÷०८० को बजेट, योजना, नीति तथा कार्यक्रम निर्माण एवं कार्यान्वयनमा सहयोग गर्नुहुने जनप्रतिनिधिज्यूहरु, राजनीतिक दलका प्रतिनिधिहरु, कर्मचारी मित्रहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मी मित्रहरु, उपभोक्ता समितिका पदाधिकारीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्