२०८१ भाद्र २३
                           

सुनकाेशिका कृषकलाई अनुदानमा प्लास्टीक टनेल वितरण !

अनुदानमा प्लास्टीक टनेल वितरण !
सुनकोशी गाउँपालिकाले कृषि उत्पादन बढाउनर मौसमी र बेमौसमी तरकारी खेती तर्फ आर्कर्षित गर्ने उदेश्यले कृषकहरूलाई प्लाष्टिक टनेल वितरण गरेको छ।

कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ कृषकहरूको मागका आधारमा ७५ प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गरिएको हो । व्यक्तिगत,कृषि समूह, कृषि सहकारी, कृषि फर्महरू सञ्चालन गरेका कृषकको मागका आधारमा २ सय ६ वटा प्लाष्टिक टनेल वितरण गरिएको छ ।

टनेल वितरण गर्दै सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले व्यावसायिक कृषि पेशामा लाग्न कृषकहरूलाई आग्रह गर्नुभयो।

अध्यक्ष तिमिल्सिनाले उत्पादनमुखी कृषि पेशामा लागेका कृषकहरूलाई गाउँपालिकाले सहयोग गर्ने बताउँदै कृषि पेशाबाट स्वरोजगार बन्न आग्रह गर्नु भयो। गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामाले वितरण गरिएको टनेलको सही सदुपयोग गरेर आय आर्जनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिपिस टनेलको मूल्य ४३सय ४० रुपैयाँ परेकोमा ७५ प्रतिशत अनुदानमा कृषकहरूले प्रतिपिस टनेल १हजार ८५ रुपियाँमा प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी तामाङ, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर महत, ३ का इश्वर तामाङ र ७ का वडाध्यक्ष इश्वर तिमिल्सिनाले कृषकहरुलाई टनेल वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्