२०८१ भाद्र २३
                           

पीपलाको घुम्टो खोली साइत असार २ गते शनिबार

चौतारा । मानौ जूनै जूनले नुहाएकी, फूलैफूलले कुदेकी – अद्धितीय रुपवती अर्थात” पिपला” ! केही चञ्चल केही शान्त !शालिन र शुशिल ! अपरिमित तर सकारात्क विशेषणवाली – पीपला !

यस्तै यस्तै विशेषणले भरिपूर्ण पीपलालाई बेहुली झैं सिंगरिँदै छ प्रज्ञा प्रतिष्ठान, लेखनाथ हलमा मनसाङ्लो मण्डप बनाएर अनि घुम्टो खोलीको शुभमूर्हत जुराइएको छ कवि, साहित्यकार एवम् पत्रकार विमल नेपालले । शुभ साईत असार दुई गते, घडी पला अनुसार दिनको ठीक २ बजेर शून्य मिनेट शून्य सेकेण्डमा

पीपलाको घुम्टो खोली भने साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ र ज्ञानु अधिकारीको हातबाट हुने मात्र छैन, पीपलाको सबै विशेषणहरुको मन्त्रोचारण पनि हुनेछ ।

टँडी उपनामले चिरपरिचित विमल नेपाल सिन्धु साहित्य र पत्रकारिता जगतका एक नक्षत्र हुन् । कविता विधामा छुट्टै पहिचान बनाउन सफल नेपालको “पिपला” उपन्यास विधा हो ।

संभवत त द्वन्द्वाकालिन पृष्ठभूमीमा बालापनका प्रेमील पलहरु जो आफैले भोग, देखे, सुने अनि त्यसलाई सर्लक्क उतारे, सायद सर्जक नेपालले उपन्यासका कथा र उपकथाहरुमा ।
“हर्ट अट्याक” जस्तो गम्भीर अवस्थालाई चिर्दै अनि जीत्दै घर फर्केका नेपालले आराम र फुर्सदलाई औपन्यासिक सिर्जनासँग सटही गरेको हुन सक्छ । त्यसो त सधैं सिर्जनामा समर्पित नेपाललाई यसो भनिरहँदा अन्याय हुन पनि सक्छ । यदपी नेपालको यथार्थता बुझ्न र औपन्यासिक आनन्द लिन भने असारको रिमझिम झरिलाई चिर्दै २ गते २ बजे प्रज्ञा भवनको हलमा जानुको विकल्प भने छैन ।बिसौनी

प्रतिक्रिया दिनुहोस्