२०८१ भाद्र २३
                           

मेलम्चीमा पक्की पुलको लागी ५ करोड बजेट विनियोजन

सिन्धुपाल्चोकको मेलम्चीमा पक्की पुलको लागी ५ करोड बजेट विनियोजन भएको छ । मेलम्चीबाट इन्द्रावती गाउँपालिकाको शिखरपुर जोड्ने पक्की पुल निर्माणका लागि बागमती प्रदेश सरकारबाट बजेट विनियोजन भएको हो। प्रदेशसभा सदस्य तथा भौतिक पूर्वाधार मन्त्री युवराज दुलालको पहलमा मेलम्चीमा पुल निर्माणका लागि बजेट विनियोजन भएको हो।

प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामाले प्रस्तुत गरेको बजेटमा मेलम्चीमा पक्की पुल निर्माणका लागि ५ करोड बजेट विनियोजन भएको हो।गतवर्ष आएको मेलम्चीको बाढीले पुल क्षत विक्षत भएपछि स्थानीयहरू समस्यामा परेका थिए।

प्रतिक्रिया दिनुहोस्