२०८१ भाद्र २३
                           

प्रधानमन्त्री प्रचण्डद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण

मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्नुभई मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिनुभएको हो ।

निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे  व्याख्या गर्नुभएको थियो । सोक्रममा उहाँले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराउनुभएको थियो । साथै,  मेलम्चीमा आएको बाढीले आसपासका ४०० घरपरिवार नष्ट भएको र ती क्षेत्रका जनताको भोग्गुपरिरहेको समस्याका बारेमा अभिरुचिपूर्वक चासो लिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, `कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ । बजेटसँग सम्बन्धित बिषयहरूलाई प्राथमिकतामा राखिने छ ।´ प्रधानमन्त्रीले आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्था कलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्