२०८१ भाद्र २३
                           

जथाभावि पार्किङले हैरानी बेहोर्दैआएका सदरमुकामबासीले एकतर्फी पार्किङ नियम लागु गदै

सिन्धुपाल्चोक २१ वैशाख

देवराज सुवेदी  – वान साइड पार्किङको नियम लागु गरेपछि सदरमुकामसमेत रहेको चौतारा बजारमा सवारी साधन पार्किङको समस्या कम हुदै गएको छ । बढ्दो सवारी साधनको चाप र साँगुरो सडकका कारण बर्षादेखि बजार क्षेत्र अस्तव्यस्त हँुदै आएको थियो । जथाभावि पार्किङ गर्ने र सवारी साधन जामका कारण हैरानी बेहोर्दै आएका सदरमुकामबासीले वान साइड एकतर्फी पार्किङ नियम लागु गरेपछि राहतको महसुस गर्न थालेका हुन् ।

चौतारा साँगाचोकगढी वडा न ५ ले बजारलाई व्यवस्थि गर्नका लागि वान साइड पार्किङका नियम लागु गरेको वडा अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो । सवारी साधनलाई व्यवस्थित गर्नका लागि सार्वजनिक जग्गा नरहेको र सडक पनि साँगुरो भएको कारण वान साइड पार्किङको नियम लागु गरेको उहाँको भनाई छ ।

वान साइड पार्किङको नियम लागु गरेपछि सवारी साधन जाम हुने समस्या टर्नका साथै बजार क्षेत्र पनि सुन्दर देखिन थालेको छ ।
अझै पनि कतिपय सवारीधनीले नियमको पालन नगरि जथाभावि पार्किङ गर्दै आइरहेका छन् । जसले गर्दा नियम पालनमा उदासिनता आइ सडक अस्तव्यस्त हुने संभावना पनि रहेको छ । वडाले प्रहरी कार्यालयसँगको समन्वयमा यो नियम कडाईका साथ लागु गर्नुपर्ने स्थानीयको भनाई छ । “एकतर्फी सवारी साधन पार्किङको व्यवस्था हामीले हाम्रो लागि नै गरेका हौं ”वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो “यसका लागि सवारीधनी सधैं सचेत रहनका साथै स्थानीयले पनि चासोका साथ साथ, सहयोग र आवज उठाउनु पर्छ” ।

व्यवस्थित पार्किङका लागि अध्यक्ष श्रेष्ठको पहलमा केही महिना अघिदेखि सडक दायाँबायाँ प्रत्यक १५ दिनमा परिवर्तन हुने गरि पार्किङ गर्ने व्यवस्थापन गर्दै आएको छ । यसैगरि पार्किङलाई व्यवस्थि गर्न चौतारा साँगाचोकगढी नगरपालिकाले पनि बजारको मध्यभागमा पर्ने जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा सवारी साधन पार्किङ स्थल निर्माण गरिएको छ । सावर्जनिक र उपर्युक्त स्थानको पहिचान गरि अन्य पार्किङ स्थल निर्माणका लागि नगरपालिका तत्पर रहेको मेयर कृष्णप्रसाद सापकोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्