२०८१ भाद्र २३
                           

ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी बन्दै

दिपिन ढुंगाना – चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको चौथौ शिविर  भिमटारमा संचालन गरेको छ । पौष १२ गते देखी कुविण्डे बाट सुरु भएको उक्त शिविर सबै वडामा संचानलन हुने चौतारा साँगाचोक नगर पालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउनुभयो ।चाैतारा साँगाचाेकगढी नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम वडा नम्बर -४ कुविण्डे, , वडा नम्बर -१ स्याउले र वडा नम्बर -११ भिमटारमा सम्पन्न निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा ५७२ जनाले सेवा लिएका छन् ।
आँखा परीक्षण ४४३ जनाको भएकोमा माेतियाविन्दु भएकाे २९ जना बिरामी भेटिएका छन । रक्त परीक्षण गरिएकाे ४२८ जनामा १० जनामा सुगर बढेकाे भेटियो ।
क्षयरोगकाे शंकास्पद ५ जना देखीएका छन ।
माझी बस्तीमा गर्भवती महिला भिडियाे x-ray- १३ जनाको गरियो ।
स्वथ्य रहनका लागी चेतना सबैभन्दा महत्वपूर्ण भएको हँुदा हरेक टोलमा पुगेर जनचेतना मूलक ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक संचालन गरिने मेयर कृष्ण प्रसाद सापकोटाले बताउनुभयो  । ज्येष्ठ नागरिकले उपचारका लागि सास्ती भोग्न थालेपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गर्दै २५ लाख रकम विनियोजन गरेको छ । आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्था नभएका बिरामी पहिचान गर्दै विशेष कार्यक्रम समेत ल्याउने मेयर सापकोटाले बताउनुभयो ।
नगर जनस्वस्थ्य अधिकृत दिनेश नेपालका अनुसार पहिलो चरणमा प्रत्यक वडामा शिविर मार्फत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रोग र समस्या पहिचान गर्ने गरेको छ । आवश्यकता अनुसार उनीहरूलाई निःशुल्क औषधिसमेत बाँडिने र अन्यत्र रेफर गर्ने गरेको कार्यक्रम रहेको नेपालले बताउनुभयो । सिविरमा आँखाको चेकजाँज, भिडियो एक्स रे संगै गर्भवती महिलाको परीक्षण र दुई वर्ष भन्दा मुनिका बालबालिकाको पोषणको मात्र जाँच गराएको छ ।
पहिला एक पटक आँखा जाँच गर्दा काठमाडौ जाने सल्लाहा पाएपनि पैसा नभएर चेक गर्न जान नसकेको अवस्थामा गाँउमै शिविर संचालन भएपछि भिमटारकी ७० वर्षीय वृद्ध धन माया माझीले खुसि ब्यत्त गर्नुभयो ।
अहिले एकल भएका र घरमा बुढाबुढी मात्र भएका ज्येष्ठ नागरिकमा धेरै स्वास्थ्य समस्या देखिएको छ । आइतबारको शिविरमा एकै व्यक्तिमा ३÷४ वटा दीर्घ रोगसमेत देखिएको भन्दै केहीलाई बाहिरको अस्पतालमा जान रेफर समेत गरीएको छ । स्वास्थ्यकर्मीहरू औषधोपचार नपाएका अशक्त, अपांगता भएका ज्येष्ठ नागरिकको टोलमै पुगेर उपचार र स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति भएको स्थानिय कालिका दुलालले बताउनुभयो । आफन्तको बेवास्ताका कारण ज्येष्ठ नागरिक एक्लिँदा उनीहरूको स्वास्थ्यमा विभिन्न समस्या देखिरहेको स्वास्थ्यकर्मीको भनाइ छ । अधिकांश ज्येष्ठ नागरिकमा दम, उच्च रक्तचाप, मधुमेह, बाथलगायत स्वास्थ्य समस्या देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्