२०८१ भाद्र २३
                           

चौतारा नगरपालिकाको रचनात्मक काम

२०८० बैशाख ७, चौतारा / दिलमाया खड्का – चौतारा सागाचोकगढी नगरपालिकाले जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने २६ सहिदका परिवारजनलाई विद्युतीय चुलो बितरण गरेको छ । नगरले शहीद परिवार भेटघाट तथा विद्युतीय चुलो बितरण कार्यक्रम नगरपालिकाको वडा न ४ बाट शुरु गरेको हो ।

नगरपालिका भित्रका सबै वडाका नेपाल सरकारले घोषणा गरेका सहिदहरुलाई राहत स्वरुप विद्युतीय चुलो बितरण गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ । नगरपालिका वडा नम्बर ४ का अध्यक्ष कुमार शर्माका अनुसार सहिद परिवारलाई चुलोको साथसाथै आवश्यक पर्ने राईस कुकर, कराइ, इलेक्ट्रिक जग, चिया पकाउने भाँडो, चपिङ बोर्ड, चक्कु लगाएत भाडाकुँडा बितरण गरिेएको हो ।

वडा भरिका सहिद परिवारलाइ भेला गरि कार्यक्रम गरिएको उनले बताए । उक्त कार्यक्रममा सहिदको बिषय संसदमा उठाउनु पर्ने साथै बेपत्ताका परिवारलाई पनि सरकारले सहिदकै सुचिमा राख्नुपर्ने सहिद परिवारको तर्फबाट बिन्दा बजगाईले माग गरिन ।व्यवस्था परिवर्तनको आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्नेहरुको परिवारलाई सम्झनाको लागि कार्यक्रम शुरु गरिएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए । नगरभित्र सबैभन्दा बढी सहिद वडा न ४ कुबिण्डेमा छन् । त्याहाँका २६ सहिद परिवालाई नगरप्रमुखले सामाग्री हस्तान्तरण गरेका हुन् । यो अभियान सबै वडामा निरन्तरता दिने नगरप्रमुख सापकोटाले जानकारी दिए ।

कृषि औजार तथा सामाग्री वितरण

नगरपालिकाले नगरभरीका किसानहरुलाई कृषि औजार तथा सामाग्री वितरण गरेको छ ।आईतबार नगरपालिकाले नगरमै बोलाएर ५६ जना कृषकहरुलाई ट्याक्टर तथा अन्य कृषि समाग्री वितरण गरेको हो । कृषकहरुलाई कृषि औजार तथा सामाग्री वितरण गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरको उत्पादनमा वृद्धी गरेर सिङ्गो नगर आत्मनिर्भर बनाउने उद्देश्यले उक्त सामाग्री वितरण गरिएको बताए । यसअघि अनुदानमा आएको सामाग्री जनताले संरक्षण गर्न नसकेको उल्लेख गर्दै मेयर सापकोटाले जनताको रगत पसिनाबाट उठेको करबाट कृषि औजार खरिद गरिएको हुनाले हिफाजात गर्न सुझाब दिए । यस वर्ष किसानले माग गरेअनुसार सबै वडामा कृषि औजार तथा सामाग्री प्रयाप्त उपलब्ध गर्न नसकेपनि अर्को आर्थिक वर्षमा प्रयाप्त मात्रमा पु¥याउने उनले बचन दिए ।

दुधमा नगरपालिकालाई आत्मनिर्भर घोषणा गर्ने तयारीमा रहेको चौतारा

नगरपालिकाले दुध उत्पादनका लागि पशुपालक किसानहरुलाई खोर निर्माण देखि दुध उत्पादन लगाएतमा अनुदान दिएको छ । यसले किसानहरुलाई केही मात्रमा राहत मिलेको नेपाल बताउँछन् । सोही अनुसार नेपालले खोर थप व्यवस्थित गर्नको लागि नगरबाट एकलाख अनुदान प्राप्त गरेको सुनाए । उनका अनुसार नगरले किसानको लागि प्रतिलिटर ३ रूपैया सहकारी मार्फत दिने गरेको छ भने यसपटक नगरप्रमुख कृष्णप्रसाद सापकोटाले ४ रूपैया दिने वचन दिएपछि किसानहरु उत्साहित भएका छन् ।

त्यस्तै नगरले प्रत्येक किसानको पशु बीमा गरिदिएको छ । १४ सयमा सातसय मात्र किसानले तिर्नु पर्छ । गत साल देखि नगरले पशु सुत्केरी भत्ता समेतको व्यवस्था गरेको छ । नेपालले ६ वटा पशुको सुत्केरी भत्ता वापत २५ हजार बुझेका छन् । कुटानी पिसानी मिल प्रदेशबाट १६ हजार तथा नगरबाट जाडो महिनाको लागि ५० प्रतिशत अनुदानमा म्याट पाएका छन् । उनी जस्तै सिमपानीका टीकाप्रसाद शर्माले पनि गाई फाम सञ्चालन गरेर सोही अनुसारको सुविधा लिईरहेका छन् । कुविण्डेमा मात्रै दैनिक २००० दुध उत्पादन हुने कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक समेत रहेका नेपाल बताउँछन् ।

सोही सहकारी मात्र चौतारा बजारमा दैनिक २०० देखि ३०० लिटर सम्म दुध विक्री हुने गरेको उनले सुनाए । एकसय रुपैंयामा ताजा र खाँटी दुध खानपाएपछि पोका र पाउडर दुधको सम्झना नै हराएको चौतारा बजारका व्यवसायी श्यामकृष्ण श्रेष्ठ बताउँछन् । यसबाट आएको फाईदाबाट शेयर सदस्यलाई लिटरमा दुईरूपैया थपेर दिने गरेको नेपालको भनाई छ ।

नेपानेबासीले १ सय १९ धारा पाए

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ सुख्खा क्षेत्र नेपानेबासीले १ सय १९ धारा पाएका छन् । नगरकाे एक घर एक धारा कार्यक्रम अन्तरगत धारा पाएका हुन् । नगरपालिकाकाे आर्थिक सहयोगमा निर्मित धाराकाे उद्घाटन बिहिवार एक कार्यक्रमकाे बिच नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गरेका हुन् । धारा उद्घाटनपछि नगरप्रमुख सापकोटाले नगरले त एक चोटि दिएको छ अब यसको संरक्षण गर्ने काम तपाई उपभोक्ताहरुको नै हो भनेका छन् । उनले भने हामी समृद्ध नगरकाे याेजनामा लागिरहेका छाै, यस क्रममा सवैकाे रचनात्मक साथ र सहयाेगकाे अपेक्षा गरेका छाैँ ।

नेपाने खानेपानी उपभोक्ता समितिले निर्माण गरेकाे धारामा पानी आएपछि स्थानीयमा खुसि भरिएकाे छ । सुख्खा क्षेत्रकाे रुपमा चिनिएकाे सिरुवारीकाे नेपानेमा खानेपानी संगै करेसावारीमा पानीकाे प्रयाेग तरकारी लगाउन समेत हुने भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्