२०८१ भाद्र २३
                           

नगरकाे सहयाेगमा महिलाहरू गलैचा बुनेर आत्मनिर्भर हुँदै

२०८०, ७ जेठ / कल्पना श्रेष्ठ –  चौतारा सांगाचोकगढी नगरपालिका वडा नं ५ छापमा एक घर एक गलैचाँ तान रहेको छ । हरेक घरमा घरको चुलो चौकोको काम मात्र गरिने गर्थे अहिले हरेक महिलाहरू आफै कमाउन थालेका छन । पहिला घरै मात्र काम गरेर हरेक सामानहरू किन्न पनि आफ्नो बुढासंग मागेर हिड्नु पर्थ्यो अहिले महिलाहरू आफै कमाएर आफुलाई चाहिएको सामान किन्न सक्ने भएका छान् ।

सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका वडा नं ५ छापकी संगिता श्रेष्ठ अहिले गाउँमै बसेर घरको सबै काम सकेर गलैचा बुन्न थालेकी छिन् । अहिले श्रेष्ठको दैनिकी गलैचा बुनेरै बित्छ गाउँमा उनी मात्र नभएर गाउँमा उनी जस्ता धेरै दिदी बहिनीहरू गलैचा बुन्दै आत्मनिर्भर भएका छन् । उनले यो भन्दा २ ३ वर्ष पहिले नगरपालिकाले दिएको गलैँचा तालिम लिएकी थिन् ।

तालिम संगै उनी लगायत तालिम सिकेका सबै साथीहरूलाई गलैचाको तान बितरण गरेका थिए । त्याँही तान पाए पछि उनले घरको काम संगै गलैचा बुन्न बढी समय राखेर बुन्न थालेको उनी बताउँछीन् । यो गलैचा तालिम लिनु भन्दा पहिला उनी वैदेशिक रोजगारमा गएकी थिईन । वैदेशिक रोजगार गएर आएपछि यो तालिम सिक्न पाउँदा उनी निकै खुसी भएको बताउछिन् । यो तालिमले गर्दा बिदेश जान नपरेको बताउँछिन् ।

आफुले कमाउँन नसक्दा धेरै दुख भोगेको उनको गुनासो छ । केही आफुलाई चाहिने सामान किन्न अरूसंग निर्भर हुनु पर्दा धेरै झैँझगडा परेको पनि उनी सुनाउँछिन् । यहिले फेरि नगरपालिका बाट दिएको गलैचाको तान घरमा बुन्दै गर्दा सबैको माया पाएर उनी निकै सुखी भएको बताउँछिन । उनले गलैचा बुनेर मासिक १० देखि १५ हजार कमाउँछिन्। छापकै हिरादेवी श्रेष्ठले पनि पहिला देखि नै गलैचाको तालिम लिनु भएको थियो तर लिएर पनि सिपलाई सदुपयोग गर्न पाएका थिएनन् उनले पनि नगरपालिकाले दिएको तालिम लिएर गलैचाको तान पाएका थिए ।

तान संगै उनले घरको काम भ्याएर गलैँचा बुनेर महिनाको १० र १५ हजार आम्दानी हुने गरेको बताउछन् । फेरि उनले चौतारा सांगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र स्वाभिमानी बहुउद्देश्यीय सहकारीको आयोजनामा गलैचाको तालिम सिक्न सूरू गरिन अहिले त्यो तालिम सकिएको ३र४ दिन भयो तर अहिले त्यहि गलैचा बुन्ने काम दिन सुरू गरे सगै उनी निकै हर्षित भएकी छिन् । घरमा बुनेर गलैचा बेच्नु भन्दा यसरी नगरपालिकाको सहयोगमा आफ्नो सिपको कदर गरेर सदुपयोग गर्न पाउँदा त्यँहा काम गर्नै सबै महिलाहरू सुखी छन् ।

आफुले सिकेको सीप प्रयोगमा आएर रोजगारी पाउँदा हिरादेवी भन्छन् गलैचा बुनाई सीप जस्तै हरेक िसप सिकेका मानिसहरूलाई यसरी नगरपालिकाले रोजगार दिएर सबै सिपको सदुपयोग गरिने हो भन्ने नगरबनसी सबै रोजगार मुलक हुने उनी बताउछिन् । उनले महिलाहरू परनिर्भर नरहन हरेकले केही सीप सिकेर व्यवहारमा लागू गरी आफँैमा निर्भर रहनु पर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्