सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४, ग्याल्थुमकी दुवै मृगौला फेल भई उपचार गरारहेकी सितामाया तामाङलाई वडाध्यक्ष बुद्धिमान तामाङले जनस्तरबाट संकलित रकम हस्तान्तरण गरेका छन् ।
नेपाल मेडिकल कलेजमा हप्ताको दुई दिन डायलसिस गरारहेकी तामाङलाई वडाध्यक्षको अनुरोधमा नेपाल तामाङ घेदुङ रोमनियका अध्यक्ष फुर्साङ लामा, मोहन ब्लोन र हेनदेन लामाको संयुक्त सक्रियतामा संकलित नगद २ लाख १४ हजार ४ सय रुपैयाँ बिरामीको श्रीमान रबिन तामाङलाई हस्तान्तरण गरेको वडाध्यक्ष बुद्धिमानले बताए ।
यस अघि पनि पीडितका लागि विभिन्न चरणमा कोरियाबाट आर्थिक सहयोग जुटेको पीडितका श्रीमान रविन तामाङले जानकारी दिनुभयो । यसक्रममा दक्षिण कोरियाबाट विरु स्याङतानको सक्रियतामा ६२ हजार १ सय ६६ र साङ्गे लामाको सक्रियतामा २७हजार ५ सय गरी तीन चरणमा कोरियाबाट सहयोग रकम प्राप्त भएकोमा पीडितका श्रीमान तामाङले धन्यवाद व्यक्त गरेका छन्। त्यस्तै मलेसिया गएको ७ महिनामै स्वदेश फर्केका तामाङले आफू कार्यरत कम्पनीका कर्मचारीहरुबाट २४ हजार २ सय ८० र नेपाल तरुण दल सिन्धुपाल्चोक बाट रु.९२ हजार ५ सय ५५ नगद सहयोग प्राप्त भएको पनि जानकारी दिनुभएको छ ।
यता वडाध्यक्ष तामाङले वडा र पलिकाबाट गर्नुपर्ने आवश्यक प्रक्रिया र आफ्नो तर्फबाट सकेको पूर्ण सहयोग गरिरहेको बताउनु भएको छ। साथै पीडितका लागि सहयोग जुटिरहेको तर मृगौला प्रत्यारोपणका लागि मृगौलाकै व्यवस्था नहुँदा भने पीडितको परिवार निराश रहेको वडाध्यक्ष तामाङले सुनाउनुभयो।
प्रतिक्रिया दिनुहोस्