२०८१ भाद्र २३
                           

चौतारा नगरपालिककाद्धारा १ अर्ब २४ करोड ५२ लाख बजेट सार्वजनिक

चौतारा ,८ असार
सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिकाले  आर्थिक बर्ष २०८०÷८१को लागि १ अर्ब २४ करोड ५२ लाख बजेट सार्वजनिक गरेको छ ।  शुक्रबार भएको नगरसभामा नगर उपप्रमुख सिता थापाले प्रस्तुत गरेको बजेत नीति तथा कार्यक्रममा कृषि तथा पशुन्छी विकास ,रोजगार ,स्वास्थ्य,शिक्षा ,पर्यटन , भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रमको विशेष प्राथमिकतामा राखिएको छ ।

कृषि क्षेत्रका लागी ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ भने पशु विकास सेवाका लागी १ करोड ५० लाख र रोजगार सिर्जनाका लागी १ करोड ५० लाख बजेट विनियोजन गरीएको छ । यस्तै स्वास्थ्य तर्फ ३ करोड विनियोजन गरीएको छ । त्यस्तै गरी शिक्षा युवा तथा खेलकुद तर्फ ४ करोड ७० लाख रकम विनियोजन गरीएको छ । नगर गौरवका योजनाका लागी १ करोड विनियोजन गरीएको छ ।

पुर्वाधार तर्फ सिंचाई खानेपानी तथा सरसफाई समेतलाई गरी ८ करोड बजेट बिनियोजन गरीएको नगरपालिकाले जनाएको छ । बिभिन्न वडा कार्यलय भवन निमार्ण तथा भवन मर्मतका लागी १ करोड ५० लाख बजेट विनियोजन यरीएको छ । लक्षित वर्गका लागी १ करोड ७० लाख बजेट विनियोजन गरीएको छ ।

41687517437.jpg

नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षता सपन्न नरगसभाले आम नागरिकको जीवनस्तर उकास्न बजेट केन्द्रित गरेको बताइएको छ। माओवादी केन्द्र र एकिकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले भने ताली बजाएर समर्थन जनाए ।

चौतारा नगरापलिकको नगर कार्यसभाको बैठक आउँदो असार २८ गते बस्ने गरी स्थगीत गरिएको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । चौतारा नगरापलिकको नगर कार्यसभाको बैठक आउँदो असार २८ गते बस्ने गरी स्थगीत गरिएको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

555555551687517423.jpg

प्रतिक्रिया दिनुहोस्