२०८१ भाद्र २३
                           

राष्ट्रिय जनगणना २०७८ जिल्ला स्तरीय नतिजा,सिन्धुपाल्चोकको जनसंख्या घट्दो

राष्ट्रिय जनगणना २०७८ जिल्ला स्तरीय नतिजा सार्वजनिक भएको छ ।
तथ्यांक कार्यलय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको हो ।

जसमा सिन्धुपाल्चोकको जनसंख्या घट्दो गतिमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ मा सिन्धुपाल्चोकको जनसंख्या २ लाख ६२ हजार ६ सय २४ छ । यसअघि भएको राष्ट्रिय जनगणना २०६८ अनुसार २ लाख ८७ हजार ७ सय ९८ जनसंख्या थियो ।
तथ्याङ्क अनुसार १० वर्षको अवधिमा सिन्धुपाल्चोकको जनसंख्या २५ हजार १ सय ७४ जनसंख्या घटेको देखिन्छ । सिन्धुपाल्चोकमा महिलाको जनसंख्या बढी रहेको छ । कूल जनसंख्या मध्य १ लाख ३३ हजार ४ सय १९ महिला र १ लाख २९ हजार २ सय ५ पुरुषको संख्या रहेको तथ्यांक कार्यालय काभ्रेपलाञ्चेकका प्रमुख दीपक कोइरालाले जानकारी दिनुभयो ।
जिल्लाका १२ स्थानिय तह मध्ये सबै भन्दा बढी जनसंख्या भएको पालिका चौतारा सागाँचोकगढी नगरपालिका रहेको छ । कूल जनसंख्या ४२ हजार ६६८ मा महिलाको संख्या बढी छ । ५३ प्रतिशत महिला ४७ प्रतिशत पुरुषको संख्या रहेको छ भने सबै भन्दा कम जनसंख्या भएको पालिका लिसंखुपाखर गाउँपालिका रहेको छ । यहाँ पनि महिलाको संख्या बढी रहेको छ । महिलाको संख्या ५१. ८ प्रतिशत रहेको छ भने पुरुषको ४८ .ण् प्रतिशत रहेको छ ।
त्यस्तै मेलम्ची नगरपालिकामा ४१ ह्जार ६३ , ईन्द्रवती गाउँपालिकामा २५ हजार ३०५,बाह्रबीसे नगरपालिकामा २४ हजार १०९ बाह्रबिसे , जुगल गाउँपलिकामा १८ हजार ३०३ , पाचँपोखरीमा २० हजार ९९७ , सुनकोसी गाउँपालिकामा १५ हजार १७६ ,बलेफी गाउँपालिकामा १७ हजार ८५ ,भोटेकोसीमा १४ हजार ३१८ र हेलम्बु गाउँपालिकामा १७ हजार ४९७ जनसंख्या रहेको छ ।
जिल्लामा जम्मा परिवार संख्या भने ७१ ह्जार ७ सय ७३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्