२०८१ भाद्र २३
                           

जिल्लामा गरिनु पर्ने विकास निर्माणकार्य अब तिब्र गतिमा हुन्छ : मन्त्री दुलाल

 

चौतारा ,११ असार- बागमती प्रदेश भरि र सिन्धुपाल्चोक जिल्लामा गरिनु पर्ने बवकास निर्माणकार्य कहीँ कतै नछुट्ने गरि अब तिब्र गतिमा हुने बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल शरदले बताउँनुभएको छ । चौतारा सदरमुकाम जोड्ने मेलचौर,चिलाउने,कदमबास,भैंसे सडक खण्डमा हाल आ.व.८०र८१को बजेटमा ९०लाख विनियोजन रहेको जनाउँदै यसै पटकबाट थप बजेट सहित टेण्डर खुलाई कालोपत्रे शुरू गरिने छ ।

कदमबास जितपुर सडकमा पनि रु एक करोड छुट्टयाइएको र अब दुबै तर्फबाट मोटरबाटो स्त्तरोन्नती निर्माणकार्य शुरुवात हुने कुराको प्रष्ट्रीकरण पार्दै ईर्खु लामीडाँडा सडक पनि थप बजेटमा समावेश गरि कार्य अगाडि बढ्ने र वडा नं. १२ सागाचोकको नर्सरी स्वाँराथोक सडक पनि समेट्ने योजना अघि बढेको बताईएको छ ।

त्यैसैगरी हालै नवनिर्वाचित संघीय संसद सिन्धुपाल्चोक क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य माननीय माधव सापकोटा सुबोधको पहलबाट पनि मेलचौर, चिलाउने, कदमबास, भैंसे सडकलाई संघीय बजेटबाट रू.८० लाख समपुरक बजेटमा कालोपत्रे भनि विनियोजन  गरिएको छ।

२०५१सालमा शुरू भएको मेलचौर,पोखरे, चिलाउने, कदमबास, भैसे सडक ९हाईवे० अरनिको कोदारी राजमार्ग संग जोडिएको सदरमुकाम चौतारा आवतजावत गर्न निकै छिटो दुरी १३ कि.मी. बाटो जुन सडक सदरमुकामबाट पूर्वी भेगिय क्षेत्र बाह्रबिसे(तातोपानी, मांखा, खाडीचौर, मुडेदेउराली, ठूलोपाखर,तौथली,बलेफी लगायतका क्षेत्रलाई समेटीन्छ यस्तो सडकलाई किन शिर्ष नेतृत्वको अस्तित्वमा पर्दैन१ मेलचौर(भैसे सडक आम नागरिकको लाईफ लाइनसंग जोडिएको सडक हो भने चोैतारा सागाचोकगढी नरपा वडा नं . मेलचौर, वडा नं.८ पोखरे,नुनडाडा,चिलाउने, वडा नं. ९ गोर्सु सुत्केरी ढुंगा, कदमबास र भैंसे बलेफी गाउपालिका पुगेर टुंगिएको छ जहाँ अरनिको राजमार्ग संग जोडिन्छ।

बजेट परे पनि दिर्घकालिन योजनामा छैन् । किन यसरी पछाडी पारिदै छन् भन्ने सन्दर्भमा सदरमुकाम जोड्ने छोटो दुरीको सडक अब बन्ने पक्का भएको छ१ मेलचौर, चिलाउने, कदमबास, भैंसे सडक सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ र २ मा जोडिन्छ।

नेकपा (माओवादी केन्द्र)काठमाडौं सिन्धुपाल्चोक सम्पर्क समन्वय समिति अन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं.२ को आयोजनामा अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा जनचासो गुनासोको समन्वयकारी भावी रणनीतिक बिकास योजना बारे केन्द्रीत भई छलफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्