२०८१ भाद्र २३
                           

स्व:सुबर्ण कुमार धिताल थाङपाल क्षेत्रकै अगुवा शिक्षासेवी र समाजसेवी: पुर्बमन्त्री तामाङ

नेकपा(एमाले) बाट २०५४ सालमा सिन्धुपाल्चोक जिल्लाको थाङपाल धाप गा.बि.स. अध्यक्षमा निर्बाचित स्व.सुबर्ण कुमार धितालको १३औं दिनको पुण्य तिथिमा नेकपा (एमाले) पाँचपोखरीले भोलि दिउँसो १२ बजे बेशी गाउँको नबिल फुडल्याण्ड अगाडी रहेको किरियापुत्री भवनमा शोक सभा आयोजना गदै छ ।

सो शोक सभामा प्रमुख अतिथी पुर्बमन्त्री शेर बहादुर तामाङले समाज र पार्टी प्रती गरेको योगदानको चर्चा गर्नु भएको थियो । स्व.धितालको गत ज्येष्ठ ३१ गते पित्त थैलिको सामान्य अपरेसनको क्रममा नेपाल मेडिकल कलेजमा अस्पतालको लापरबाहीको कारणले असामयिक निधन भएको नेकपा(एमाले) जिल्ला कमिटी सचिबालय सदस्य निर्मल बन्जाराले जानकारी गराउनु भयो । उहां थाङपाल धापको मात्र नभै थाङपाल क्षेत्रकै एमालेका अभिभावक र शिक्षासेवी ,सामाजिक अभियन्ता हुनुहुन्थ्यो ।

उहाँको योगदानको कदर एमाले पाँचपोखरीले शोक सभा आयोजना गरेको एमाले पाँचपोखरी गाउँपालिका कमिटी अध्यक्ष दोर्जे लामाले बताउनु भयो ।सो शोक सभामा एमाले स्थायी कमिटी सदस्य एबं पुर्ब मन्त्री शेर बहादुर तामाङ,केन्द्रिय सदस्य उषाकला राई ,पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा,उपाध्यक्ष सुनिता अधिकारी लगायत प्रदेश कमिटी सदस्यहरु,सम्पर्क मण्चका अध्यक्ष राजन आचार्य,उपाध्यक्ष मदन गुरुङ लगायत एमाले नेताहरु र एमाले कार्यकर्ताहरु र विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको एमाले जिल्ला कमिटी सदस्य एबं पाँचपोखरी थाङपाल गाउँपालिका सह ईन्चार्ज पासाङ लामाले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्