२०८१ मंसिर ७
                           

जिल्ला अदालत सिन्धुपाल्चोककाे प्रगती ,गत वर्ष भन्दा १८ प्रतिशत बढी

चौतारा ,३१ असार
सम्झना कार्की- जिल्ला अदालत सिन्धुपाल्चोकले आर्थिक वर्ष २०७९÷८० मा कुल लगतको ७८ प्रतिशत मुद्दा फछर्यौट भएको बताएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ६७ दशमलब ७१ प्रतिशत मुद्दा फछर्यौट गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी ७८ प्रतिशत प्रगति हासिल भएको अदालतका श्रेस्तेदार राजेन्द्र प्रसाद वाग्लेले बताउँनुभयो ।

यो आर्थिक वर्षमा जिल्ला अदालतमा कुल लगत १ हजार १ सय ८० रहेकोमा ९ सय २० थान मुद्दा फछर्यौट भएको छ । जसमध्ये फछयौट हुन बाकी मुद्दा संख्या २ सय ६० थान रहेको छ । अदालतले यो वर्ष अनुमानित लगत १ हजार २०५ राखि ८ सय १६ थान मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा बढी मुद्दा फछर्यौट गरेको हो ।

दुई वर्ष पुरानो कुनै पनि मुद्दा फछर्यौट हुन बाकी नरेहेको र १८ महिना पुरानो ३ थान मुद्दा मात्र फछर्यौट हुन बाकी रहेकोमा गत वर्ष भन्दा यो आर्थिक वर्षमा १८ प्रतिशत बढी मुद्दा फछर्यौट गर्न जिल्ला अदालत सफल भएको छ ।

फैसला कार्यान्यन तर्फ कुल १ सय ४५ थान मुद्दामध्ये १ सय १७ थान मुद्दाको फैसला कार्यान्यन भईसकेको छ ।जसमध्ये ५४ प्रतिशत फछर्यौट लक्ष्य राखिएकोमा ८० प्रतिशत सफलता हासिल गरेको हो । फैसला कार्यान्वयन सम्बन्धी निवेदन परेकोमा एक वर्ष नाघेका कुनै पनि निवेदन बाकी नरहेको अदालतले जनाएको छ ।

कुल मुद्दा मध्ये सबै भन्दा बढी सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको श्रेस्तेदार वाग्लेले बताउँनुभयो । जिल्लामा सुरुका दिनमा चेलिबेटी बेचबिखन सम्बन्धी मुद्दा मुलुककै सबै भन्दा बढी दर्ता हुने गरेको भएता पनि यो वर्ष भने सुन्यमा झरेको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्