२०८१ मंसिर ७
                           

चौतारा नगरपालिकाको न्यायिक ईजलासको प्रभावकारीता वृद्धि

चौतारा ,२ साउन
सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका न्यायिक ईजलासको प्रभावकारीता वृद्धि भएको छ । न्यायिक कार्य सम्पादन र सहजीकरण कार्य गर्ने सन्दर्भमा चौतारा सागाँचोकगढी नगरपालिका ५ स्थीत चौतारा बुहुमुखी क्याम्पस नजिकै रहेको आफ्नो स्वामित्वमा रहेको सुभद्र सापकोटाले घर निमार्ण गर्दा स्थानीयले नजिकै रहेको खानेपानी मुहानका सेफ्टी ट्याङ्की निमार्ण हुदा पानीको मुहान दुषित हुने अबस्था हुने भन्दै न्यायिक समितिमा उजुरी गरेका थिए ।

स्थानीय टंक बहादुर थापा मगरले गएको वैशाख २६ गते अन्य स्थानीय अमर घले ,निर्मल श्रेष्ठ ,जंग बहादुर श्रेष्ठ ,विकास श्रेष्ठ लगाएतले सेफ्टी ट्याङकीको विकल्प खोज्नुपर्ने भन्दै निरन्तर अडान राख्नु भएको थियो ।

स्थानीय नरेन्द्र प्रधानले सुभद्र सापकोटालाई जग्गा बेचविखन गरेको कारण उहाँले पनि आफ्नो अर्को कितामा सेफ्टी ट्याङकी बनाउने जमिन उपलब्ध गराउने वातावरण बनेपछी दुई पक्ष बिच मेलमिलाप गरिएको चौतारा सागाँचोकगढी नगरपालिका न्यायिक सहजकर्ता करिष्मा सापकोटाले बताउँनुभयो ।

निरन्तरको संबाद र सहजीकरणको लागी नियमित ईजलास बस्नाले विवादलाई मिलापत्र गराउन सफल भएको न्ययिक संयोजक सिता थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्