२०८१ भाद्र २३
                           

ब्रिटिश काउन्सिलले शुरू गर्यो ‘आईईएलटीएस रेडी: प्रिमियम’

British Council Nepal

ब्रिटिश काउन्सिलबाट आईईएलटीएसको परीक्षा लिनेहरूका लागि विशेष रूपमा नवीनतम एवं व्यक्ति विशेष आईईएलटीएस तयारी संसाधनहरू उपलब्ध गराउन २०२३ को जुलाई २४ मा ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा नयाँ सेवा शुरू गरेको छ– आईईएलटीएस रेडीः प्रिमियम । यसले ब्रिटिश काउन्सिलमा आईईएलटीएस परीक्षा दिने तयारी गरिरहेकाहरूलाई नवीनतम टेवा दिनेछ ।

यो नयाँ प्लेटफर्मले परीक्षार्थीहरूलाई हरेक व्यक्तिको सिकाइमा प्रगति अनुसार व्यक्ति विशेष संसाधन उपलब्ध गराउनेछ । यसमा आईईएलटीएसका ४० ओटा अभ्यास परीक्षा, क्लास रेकर्ड समेत छन् । यसमा नेटिभ अंग्रेजी बोल्ने आईईएलटीएस विज्ञहरूको समेत पूर्ण सहयोग पाइनेछ ।

परीक्षार्थीहरूले सीमित समय तोकिएको र सीमित समय नतोकिएको दुबै खाले ढाँचाका अभ्यास परीक्षाका साथमा आईईएलटीएसको आफ्नो तयारीलाई निपुण बनाउन सक्नेछन् । परीक्षार्थीहरूको अभ्यासलाई उपयोगी बनाउन उनीहरूले दिने उत्तरहरूको राम्ररी मूल्यांकन गरिनेछ । आईईएलटीएस रेडीः प्रिमियम प्लेटफर्म गाइडेड ई–लर्निङ (जीईएल)मा आधारित छ । जीईएल अंग्रेजी भाषा सिकाउने लन्डनस्थित शीर्ष डिजिटल सिकाई सेवा प्रदायक हो ।यसमा परीक्षार्थीहरूले निम्न उल्लिखित पहुँच पनि पाउनेछन्।

• आवश्यक अंक हासिल गर्न परीक्षकले के–के खोज्छन् भन्ने देखाउन नमूना उत्तर सहितको लेखन अभ्यास

• प्रत्येक पठन र लेखन प्रश्नमा आईईएलटीएस विज्ञहरूको पृष्ठपोषण ड्ड परीक्षार्थीहरूले सुधार गर्न जरुरी निर्दिष्ट क्षेत्रमा उचित सुझाव तथा सल्लाह
• परीक्षार्थीहरूले आफ्नो परीक्षाका लागि पूरा तयारी गर्न सकून् भनेर परिचयात्मक भिडियोहरू । परीक्षार्थीहरूले आईएलटीएस रेडीः प्रिमियममा ब्रिटिश काउन्सिलमा आईईएलटीएस परक्षाका लागि दर्ता गरेकै समयबाट असीमित पहुँच पाउनेछन् ।

परीक्षणकालीन अवधिमा यो मञ्चमा परीक्षा दिनेहरूमाझ उच्च प्रयोगकर्ताको सन्तुष्टि एवं संलग्नता पाइएको छ । ९७ प्रतिशत प्रयोगकर्ताहरूले आफूहरूलाई लक्षित अंक हासिल गर्न यसले मद्दत गरेको बताएका छन् ।

अरूलाई पनि यो सेवा प्रयोग गर्न आफूहरूले सुझाव दिएको ९८ प्रतिशतको भनाइ छ । ‘हामीकहाँ आईईएलटीएसको परीक्षा दिने परीक्षार्थीहरूको विदेशमा बस्ने, काम गर्ने र अध्ययन गर्ने महत्वाकांक्षा पूरा गराउन हामीले सक्ने हरेक खाले प्लेटफर्म दिन चाहन्छौं,’ ब्रिटिश काउन्सिल नेपालका महाप्रबन्धक म्याक्सिम राइम्यानले भने ।

‘उनीहरूलाई पूर्ण रूपमा तयार बनाउन र उनीहरूको सपनाहरू पूरा गराइदिने उत्तम अवसर हासिल गर्न सघाउन हामी आईईएलटीएस रेडीः प्रिमियम लञ्च गर्न पाउँदा उत्साहित छौं,’ उनले अगाडि भने । ब्रिटिश काउन्सिल आईईएलटीएस अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली विदेशमा उच्च अध्ययन तथा आप्रवासनका लागि विश्वको सर्वाधिक लोकप्रिय अंग्रेजी भाषा दक्षता परीक्षा हो । विश्वभर ११ हजार ५०० भन्दा धेरै संघसंस्थाहरूले आईईएलटीएसमाथि विश्वास गरेका छन् ।

यी संघसंस्थाहरूमा शैक्षिक संस्था, रोजगारदाता, सरकारी तथा पेशागत निकायहरू पनि छन् । आईईएलटीएसमा ब्रिटिश काउन्सिल, आईडीपीः आईईएलटीस अष्ट्रेलिया र क्याम्ब्रिज असेसमेन्ट इङ्लिशको संयुक्त स्वामित्व छ । आईईएलटीएसबारे थप जानकारी पाउनः धधध।ष्भतिक।यचन   ब्रिटिश काउन्सिल ब्रिटिश काउन्सिल सांस्कृतिक सम्बन्ध एवं शैक्षिक अवसरका लागि बेलायतको अन्तरराष्ट्रिय संगठन हो ।

हामीहरू बेलायत र विश्वका अन्य देशका मानिसबीच सम्बन्ध बनाएर, एक आपसमा समझदारी र विश्वास निर्माण गरेर शान्ति र समृद्धिमा टेवा पु¥याउँछौं । हामी यो काम हाम्रो कलाकृति, संस्कृति र अंग्रेजी भाषामार्फत गर्छौं । यसका लागि हामीले २०० भन्दा धेरै देश र क्षेत्रसँग मिलेर काम गरिरहेका छौं । हामी विश्वका १०० भन्दा धेरै देश र क्षेत्रमा छौं । सन् २०२१–२२ मा हामी ६५ करोड मानिसमाझ पुगेका थियौं । गाइडेड ई–लर्निङ गाइडेड ई–लर्निङ (जीईएल) अंग्रेजी भाषा सिकाइमा काम गर्ने लन्डनस्थित शीर्ष डिजिटल सिकाई सेवा प्रदायक कम्पनी हो ।

यसले विश्वका कैयौं शीर्ष एवं १५ वर्षभन्दा बढीको अनुभव भएका ईएलटी प्रदायकहरूसँग काम गरिरहेको छ । अंग्रेजी भाषा लक्ष्य हासिलमा विश्वका करोडौं विद्यार्थीहरूलाई टेवा दिन पाउँदा जीईएल गौरवान्वित छ । यसका मुख्य दुई ओटा प्रडक्ट छन्– जीईएल आईईएलटीएस तयारी तथा अंग्रेजी भाषा विद्यालयका लागि जीईएल नेट । थप जानकारीका लागि julen.pradhan@britishcounclif.org.np मा सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्