२०८१ मंसिर ७
                           

मेलम्चीको फट्टेमा पक्की पुल निर्माणका लागि अध्ययन सूरु

चाैतारा,१३ साउन-मेलम्ची नगरपालिका वडा नं. ११ स्थित फट्टेमा पक्की पुल बनाउने निर्णय भएसंगै बिस्तृत प्राबिधिक  अध्ययन सूरु भएको छ ।

नगर कार्यपालिकाको आइतबार बसेको बैठकले निणर्य गरेपछि शनिबारबाट अध्ययन सूरु भएको हो ।अध्ययनका लागि पुल्चोक इन्जीनियरिङ्ग क्याम्पसका सह -प्राध्यापक भरत मण्डलको टोली मेलम्ची आएको छ ।

टोलीले वृस्तित अध्यन गरेर परियोजना प्रस्ताब तयार गर्ने मण्डलले बताउनु भयो ।संघ र प्रदेश सरकारले वेवास्ता गरेका कारण नगरपालिकाले आफ्नो श्रोतबाट पक्कि पुल निर्माण गर्न लागेको मेलम्ची नगर प्रमुख  आइतमान तामाङले बताउनुभयो । तामाङका अनुसार पुल निर्माण पछि मेलम्ची नगरपालिकाको ११, ७ र ८ का साथै पाँचपोखरी र हेलम्बु गाउँ पालिकाका अधिकांस भेगका बासिन्दाले लाभ लिनेछन ।

मेलम्चीको पुर्वाधार निर्माण र समग्र विकासका लागि नगरले कुनै कसर बाकी नराख्ने नगर प्रमुख तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्