२०८१ भाद्र २३
                           

पाखरदाेभान प्रतिक्षालयको भयाे समुद्घाटन

चाैतारा,१३ साउन- सिन्धुपाल्चोककाे सुनकोशी गाऊपालिका वडा नं ६ कोठे पाखरदोभान सडक खण्डमा पर्ने बागखोरमा
प्रतिक्षालयको समुद्घघाटन गरिएको छ।

शनिबार पाखरदोभान एकता समाजको समन्वयमा समाजका उपाध्यक्ष राजकुमार श्रेष्ठको संयोजक्त्वमा निर्माण गरीएको प्रतिक्षालयको ९५ बर्षिय रेणु कुमारी न्यौपानेबाट समुदघाटन कार्यक्रम सु-सम्पन्न भएकाे एकता समाजको समन्वयमा समाजका उपाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

समाजका सदस्य द्वय शक्ति श्रेष्ठ र हरीशरण थापालाई २०७९ सालको माध्यमिक शिक्षा ( SEE) उतिर्ण हुनसफल भयकोमा नगद सहित सम्मान समेत गरिएकाे श्रेष्ठले बताउनुभयो । साथै बिभिन्न किशिमका २५० विरुवा पनी बृक्षारोपण पनि गरिएको छ।
साे प्रतिक्षालय निर्माण गर्न तन मन ले सहयोग गर्ने सदस्यहरु, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका कार्यकारिणी सदस्य भेष बहादुर बस्नेत (राजेन्द्र) लाई पाखरदोभान एकता समाज सुनकोशी गा पा ६ पाखरदोभान,सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्