२०८१ भाद्र २३
                           

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुला गरिएको छ । इपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको हो । भाषा परीक्षाको आवेदन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्