सिन्धुपाल्चोकको पश्चिम भेगका स्थानीय जनताको लागि लाइफलाइनको रुपमा रहेको र बहुचर्चित मेलम्ची खानेपानी मुहान क्षेत्रमा जाने छोटो दुरीका मुख्य मार्ग साँखु मेलम्ची सडक अन्तर्गत छापभन्ज्याङ फट्केश्वर खण्डको सडक स्तरन्नती कार्य सुरु भएको छ ।
मेलम्ची, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गरी ४ वाट पालिकाको मेरुदण्ड मानिने उक्त सडकमा अहिले ग्रेभलिंङ्ग र सम्याउने काम धमाधम भइरहेको छ । करिब ५ किमि दुरी रहेको उक्त सडक संघ र प्रदेश सरकार द्वारा बेवास्ता गर्दा लामो समयदेखि स्थानीयले सास्ती भोग्दै आएका थिए । नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार सडक बोर्ड र नगरपलिकाको साझेदारीमा सो सडक स्तरन्नती गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्