२०८१ भाद्र २३
                           

श्रमजीवी पत्रकार ऐन नियमको कार्यान्वयनको अवस्था अवस्था, चुनौती र भावी रणनीति सम्बन्धमा अन्तरक्रिया कार्यक्रम

चौतारा ,१६ असार – श्रमजीवी पत्रकार ऐन नियमको कार्यान्वयनको अवस्था अवस्था, चुनौती र भावी रणनीति सम्बन्धमा सिन्धुपाल्चोक जिल्ला सदरमुकाममा अन्तरक्रिया कार्यक्रम गरिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकको संयोजनमा कार्यक्रम भएको हो ।कार्यक्रममा खासगरी स्थानीय सञ्चारमाध्यम र यस जिल्लाबाट मूलधारका सञ्चारमाध्यमका लािग कार्यरत पत्रकारहरुमा के कस्तो रहेको छ भन्ने अवस्थाबारे जानकारी लिने प्रयास गरियो ।

अन्तरक्रियामा जिल्लामा कार्यरत सञ्चारमाध्यममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भए÷नभएको, न्यूनतम पारिश्रमिकबारे पत्रकारको चासो र पत्रकारको अवस्थाबारे छलफल भयो ।न्यूनतम पारिश्रमिक कार्यान्वयन पक्ष र पुनरावलोकनबारे जानकारी लिने , जिल्लास्थित श्रमजीवी पत्रकार तथा कर्मचारीले श्रम ऐनअनुसारको पारिश्रमिक पाए नपाएको अनुगमन, जिल्लामा स्थापित संचारमाध्यममा श्रमजीवी पत्रकार ऐन लागू भए÷नभएको अवस्थाको बुझ्ने उदेश्यले कार्यक्रम आयोजना भएको हो ।

5555551688217033.jpg

तोकिए अनुसारको न्युनतम पारिश्रमिक दिन जिल्लामा सन्चालनमा रहेका मिडिया हाउसलाई ग्राह्रो रहेको भएपनि पारिश्रमिक बारे खासै उजुरी पनि नपरेको जिल्ला शाखा पत्रकारमहासंसका सचिव विदुर आचार्यले बताउनुभयो । जिल्लामा बसेर राजधानीमा रहेका मिडियामा रिपोर्टरका रुपमा काम गर्नेहरु यस कुराबाट मर्कामा परिरहेको सहभागी पत्रकारहरुले गुनासो गरेका थिए । न्युनतम पारिश्रमकि २४ हजार ५ सय तोकिएको र कार्यन्वयनको पक्ष बुझ्दै सम्बधित निकायलाई कार्यन्वयनका लागि प्रतिवेदन बुझाउने काम गर्दै आएको न्यूनतम पारिश्रमिक निर्धारण समितिले जनाएको छ ।

66666666661688217053.jpg

सो कार्यक्रममा जिल्लामा सञ्चालित दैनिक पत्रिका, साप्ताहिक पत्रिका, स्थानीय एफएम रेडियो, अनलाइन पोर्टलमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । यस्तै राजधानी काठमाडौंबाट सञ्चालनमा रहेको विभिन्न मिडियाका लागि कार्यरत पत्रकारहरु थिए ।

प्रतिक्रिया दिनुहोस्