२०८१ मंसिर ७
                           

ब्रेन ट्युमर बाट पीडित सम्झनालाई श्रेष्ठ द्वारा १ लाख बराबरको सहयोग

ब्रेन ट्युमर भइ हाल उपचाररत इन्द्रावती गाउँपालिका वडा नम्बर ५ प्युघर निवासी २५ बर्षिय सम्झना तामाङलाई आर्थिक तथा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको छ । हाल अमेरिका रहनुभएका सिन्धुपाल्चोकका समाजसेवि राम श्रेष्ठले उपलब्ध गराउनुभएको रकम नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सभापति तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, तरुण दल क्षेत्रीय सभापति बुद्ध लामा युवा नेता काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि प्रकाश सापकोटा, अण लामा लगायतले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

अमेरिका रहेर पनि नेपालीहरुको हरेक दुखसुखमा सहयोग गर्दै आउनुभएका श्रेष्ठले ८० हजार नगद र २० हजार बराबरको खाद्यान्न उपलब्ध गराउनुभएको रकम हस्तान्तरणका लागी संयोजन गर्नुहुने प्रकाश सापकोटाले जानकारी दिनुभयो । बिरामि तामाङ्को आर्थिक अवस्था कमजोर भएको र उपचारका लागी थप रकम आवश्यक पर्ने भएकाले पीडित परिवारले अन्य ब्यक्ति तथा संघसस्था हरुमा समेत सहयोगक लागी अपिल गरेको छ ।

विगतको कोरोना,हेलम्बु मेलम्ची बाढी ,विभिन्न विपत्ति तथा आर्थिक रुपले विपन्न हरुको अभिभावक बन्दै आउनुभएका श्रेष्ठले आगामी दिनम समेत सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुभयो ।हिमाली न्युज

प्रतिक्रिया दिनुहोस्