२०८१ भाद्र २३
                           

लघु कर्जा तथा बीमा अभिमुखीकरण गोष्ठी

लघु कर्जा तथा बीमा अभिमुखीकरण गोष्ठी चौतारामा गरीएको छ । नगर पालिका उद्धम विकास शाखाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम यामडिपीए मार्फत आर्थिक वर्षदेखि हालसम्म वडा १ ४, ५, ११, १३, र १४ मा तरकारी खेती, कुखुरा पालन, बंगुर पालन, बाख्रा पालन, गलैँचा बुनाइ लगाएतका सिपमुलक तालिमहरु तथा प्रविधि सहयोग लिएर उद्यम गरिरहेका उद्यमीहरुलाई यो अभिमुखीकरण गोष्ठी गरिएको हो ।

उद्यम विस्तार गर्नका लागि बैंकहरु बाट कर्जा लिन चाहेमा नगर भित्र रहेका बैंक हरुको सेवा सुविधा का बारेमा जानकारी दिन तथा व्यवसायको बीमा गर्ने प्रक्रियाका बारेमा जानकारी दिनका लागि यो गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि बैंकका प्रबन्धकहरूले आफ्नो बैंकको सुविधाहरु को बारेमा जानकारी दिनुभयो ।

त्यस्तै बीमाका बारेमा हिमालयन एभरेष्ट इन्सुरेन्स कम्पनी का क्षेत्रीय प्रबंधक सरद लाल श्रेष्ठले विस्तृत जानकारी गराउनु भएको थियो ।

गोष्ठीमा सहभागी भएका उद्यमीहरुलाई आफ्नो व्यवसाय वृद्धि तथा विस्तार गर्ने हो भने सबै बैंक हरुले कर्जा दिन सक्ने छन ।

लघु उद्यम सञ्चालन गर्ने उद्यमीलाई बागमती प्रदेश ब्याज अनुदान शीर्षकको कर्जा दिन सकिने कृषि विकास बैंकका प्रबंधक रमेश गौतमले बताउँनुभयो ।नगरपालिका उपप्रमुख सिता थापाले नगरले उद्यमी प्रोत्साहनका लागि आगामी वर्षमा पनि विभिन्न योजना तथा कार्यक्रमहरू तर्जुमा गरिएको जानकारी दिनुभयो ।

उद्यमीहरुको उत्पादनको बजारीकरणका लागि नगरपालिकाले पनि सोचेको र सो सँगसँगै उद्यमी हरुले आफ्नो उत्पादनको बजारीकरणका लागि आफूले पनि पहल गर्नु पर्ने तथा आफ्नो उत्पादनहरु स्थानीय बजारमा निकाल्नु पर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्