२०८१ भाद्र २३
                           

जिल्लाको सर्वपक्ष राष्ट्रिय दैनिक पत्रिका चौथो वर्षमा प्रवेश

सिन्धुपाल्चोक ,१८ साउन
सिन्धुपाल्चोक जिल्लाबाट निरन्तर प्रकाशित सर्वपक्ष राष्ट्रिय दैनिक पत्रिकाले आफ्ना गरौरवमय तिन वर्ष पार गरि चौथो वर्षमा प्रवेश  गरेको छ । सो अवसरमामा हार्दिक बधाई सहित सर्वपक्ष पत्रिका र पत्रिका परिवारका सम्पूर्ण सदस्यहरूमा निरन्तरताको शुभकामना !

भीजन सिन्धु प्रा. लि. द्वारा सञ्चालित सर्वपक्ष दैनिकले पहिलो पाइला चालेको तीन वर्ष पूरा भएको छ । आजदेखि चौथो वर्षको सुरवात भएको छ । यो बीचमा हामीले संघर्षका विभिन्न उचाईहरु नाप्यौँ ,पार गर्यौ । कोरोना भाईरसको महामारीबाट उत्पन्न मानवीय र आर्थिक संकटको चपेटा ,सिन्धुमा विपतिको रुपमा आएको बाढी पहिरोजस्ता दुःखमा हामी पनि सहभागि भयौ । यस्तै संकटहरुले आमिलाई नयाँ संकल्प र योजनासहित नयाँ अध्यायमा प्रवेश गर्ने अवसर दिएको छ ।

दैनिक घटनाक्रम , तात्कालिन महत्वका समाचार ,विचार र विश्लेषण मात्रै होईन ,आमिले जनता र राष्ट्रलाई केन्द्रमा राखेर समाचारको प्राथमिकता तया गदै आएका छौँ ।हामी समाचार दैनिक अभिलेखको विषउ मात्रै होईन ,समाजलाई सकारात्मक दिशानिर्देशन गर्ने काम पनि हो भन्नेमा विश्वास गछौँ । स्वतन्त्रता ,सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकत स्वाधीनता र स्वाभिमानका पक्षमा दृढताको साथ उभिएका छौ र उभिन्छौ ।

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाजस्ता आधारभूत आवश्यकता पूरा गर्ने राज्यको भूमिका अभिवृद्धि होस भनेर त्यस्ता नीतिगत विषयमा बहस चलाउँछौँ । मजदुर ,किसान लगाएत सिमान्तकृत समुदायका नागरीकका समस्या हाम्रो प्राथमिकतामा परेका छन् । समुदायको आधारभुत मानव अधिकारको संरक्षणमा सदैब हाम्रो चासो रहने छ । जनताको जीवन स्तर सुधार्न राज्यलाई झक्झकाउने छौँ ।
                                                                                                                                                             अध्यक्ष
                                                                                                                                                         सुरेश कसजु

प्रतिक्रिया दिनुहोस्