२०८१ भाद्र २३
                           

नेकपा एस सिन्धुपाल्चोकका कर्माचार्य सहित सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

चौतारा , २०साउन
नेकपा एकीकृत समाजवादी नेकपा एस का केन्द्रीय सदस्य सुभाष कर्माचार्य नेकपा एमालेमा प्रवेश गरेका गर्नुभएको छ । उहाँ सगैँ एकसय भन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरूमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका र वडा तथा विभिन्न जनवर्गीय संगठनहरूमा आवद्ध नेता तथा कार्यकर्ताहरू छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । कर्मचार्यलाई नेकपा एकीकृत समाजवादी नेकपा एसले पार्टीबाट निस्कासन गरेको भोलीपल्टै सिन्धुपाल्चोक एमालेद्वारा आयोजित बृहत कार्यकर्ता भेलाबाट कर्माचार्य सहित सयौँ कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । नयाँ घरको भविष्य अन्यौल र अन्धकार हुन थालेको र नयाँ घर एकीकृत समाजवादीमा रहेर आफ्नो राजनीतिक भविष्य नै भद्रगोल हुने ठहर गर्दै पूर्व एमालेका नेता कार्यकर्ताहरु पुरानै घर एमालेमा प्रवेश गरेको पार्टीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्