२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोक र बाग्लुङका जटिल रोगका बिरामीहरुलाई आर्थिक सहयोग स्वरुप आठ लाख २६ हजार ३९१ रुपियाँ हस्तान्तरण

सिन्धुपाल्चोक र बाग्लुङका जटिल रोगका बिरामीहरुलाई राजधानीको बौद्धस्थित सान्बी होटलमा सामाजिक अगुवाइकर्ताहरुले हिजो आर्थिक सहयोग स्वरुप आठ लाख २६ हजार ३९१ रुपियाँ हस्तान्तरण गरेका छन् । लिसंखुपाखर गाउँपालिका–४ का सामाजिक अगुवा तथा नेपाली कांग्रेस अत्तरपुर इकाई सभापति गौतम लामा र लिसंखुपाखरबाट अमेरिकामा बसोबास गर्दे आएका बिनोद मोक्तान र सोनी लामाले जटिल रोगका बिरामी बचाउ अभियान मार्फत उक्त रकम संकलन गरी बिरामीहरुलाई हस्तान्तरण गरेका हुन ।

लिसंखुपाखर गाउँपालिका–४ अत्तरपुरका कलेजो पीडित मिक्मार दोर्जे लामालाई तीन लाख ७० हजार ५८५ रुपियाँ, लिसंखुपाखर गापा–२ गोलङकी मृगौला पीडित बर्षा श्रेष्ठलाई एक लाख १२ हजार, लिसंखुपाखर गापा–७ ठूलोपाखरकी नशा, हडी रोगकी पीडित सविना लामालाई एक लाख १२ हजार, लिसंखुपाखर गापा–४ का आगो लागेर पीडित भएका अमृत लामालाई ९७ हजार १२५ रुपियाँ, क्यान्सर रोगी लिसंखुपाखर गापा–५ जेठलकी पुनु तामाङलाई ७३ हजार ८५० रुपियाँ र करेण्ट लागेर दाँहिने हात गुमाएका बाग्लुङ काँठेखोला–३ का बालक सनम नेपालीलाई ६० हजार ८३१ रुपियाँ सहयोग गरिएको छ ।

आगामी दिनमा पनि बिरामीहरुलाई सहयोग जुटाएर उपचारमा थप सहयोग गर्ने अभियन्त गौतम लामाले बताए सामाजिक अभियन्त समेत रहेका लामाले यसअघिको कोरोना महामारीमा जिल्ला मा बिभिन्न स्वास्थ्य सामाग्री बितरण, नगद सहयोग, राहत बितरण गरेका थिए ।

जटिल रोगका बिरामीहरुलाई दुई चरणमा सहयोग बितरण गरिएको थियो । पहिलो चरण ९ जेठ २०८० र दोश्रो चरण २०८० साउन २० गते बिरामीलाई उपचार सहयोग बितरण गरिएको लामाले बताए । आर्थिक सहयोग हस्तान्तरण कांग्रेस सिन्धुपाल्चोक का उपसभापति दोर्जे लामा को प्रमुख आतिथ्य मा र नेपाल तरुण दल का केन्द्रिय सदस्य डुवाछिरिङ लामा को विशेष आतिथ्य मा प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्