चित्र मिजार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका–३ तेम्बाथान गाउँमा बल्ल मोटरबाटो पुगेको छ । जुगल हिमालको काखमा रहेको दिपु, तेगाछेउको तेम्बाथान गाउँमा यस अघि सडक जोडिएको थिएन ।
सदरमुकाम चौतारबाट ६० किलोमिटर दुरीमा रहेको तेम्बाथान सिन्धुपाल्चोककै सबैभन्दा बिकट हिमाली भेग हो । गाउँमै एम्बुलेन्स र सवारीसाधान आईपुग्ने भएपछि तेम्बाथानबासी फूरुङ भएका छन् । सडक नहुदाँ तेम्बाथान, दिपु, तेगाबासीले सुत्केरी र बिरामीलाई उपचारर्थका लागि ऋण काढेर भएपनि मंहगो शुल्क तिरेर हेलिकप्टर चार्टर गरेर राजधानकिा अस्पताल पु¥याउदैं आईरहेका थिए । सडक पुगेपछि अब उक्त समस्याबाट गाउँबासीले मूक्ति पाएका छन् ।
जुगल गाउँपालिका–३ मा निमार्णधिन् ३६ मेगावाट लक्ष्य बोकेको ब्रम्हायाणी जलबिद्युत आयोजनाले सात करोड खर्चेर आठ किलोमिटर मान्जेखोला–नेशमदोभान–तेम्बाथान दिपु सडक निमार्ण गरेको आयोजनाका अध्यक्ष भरत प्रसाद पराजुलीले जानकारी दिनु भयो । उक्त गाउँ भन्दा तीन सय मिटर दुरीमा आयोजनाको बिद्युतगृह, सुरुङ लगायतका संरचना बन्दै छ । जुगल गाउँपालिकाको गुरु योजनामा रहेको उक्त सडक आयोजनाले निमार्ण गरिदिएको हो । गाउँपालिकाका अध्यक्ष रेशम स्याङबो, वडा अध्यक्ष लक्ष्मण दोङ, सबै जनप्रतिनिधि, स्थानीयको बिशेष सहयोगमा सडक निमार्ण गरिएको पराजुलीले बताउनु भएको छ ।
यसअघि जलबिरे, कात्तिके–तेम्बाथान १६ किलोमिटर यर्मालिङ र नेशमखोला छेउसम्म सडक पुगेको थियो । त्यसउत्ता लक्याप, निमाडोमा, नेशमखोला जस्ता डरलाग्दा भिरको चट्टानी अवरोधका कारण ‘ब्लास्टिङ’ गर्दे अघि बढ्नु पर्ने भएकाले यर्मालिङ र नेशमखोलापारी सडक छिचोल्न सकेको थिएन् । स्थानीय सरकार प्रशासन, सुरक्षाकर्मी सबैको समन्वयमा भीरको तललो भाग ‘ब्लास्ट’ गर्दे फूटालेर तेम्बाथान सम्म सडक पु-याउन डेढ बर्ष लागेको पराजुलीले बताउनु भयो । तेम्बाथान, दिपु, तेगागाउँ पुग्ने यो नै पहिलो र नयाँ सडक ट्रयाक हो । उक्त ट्रयाकलाई मर्मतसंम्भार, कटिङ, ग्राभेलिङ, तीन वटा पुल बनाई स्त्तोरन्नति गर्दे अघि बढेको उहाँले थप्नु भएको छ ।
यसअघि कात्तिके यताको भेग हुदैं यर्मालिङ चार किलोमिटर सडक ट्रयाक भने ४६ मेगावाट लक्ष्य बोकेको निमार्णधिन् अप्पर बलेफी जलबिद्युत आयोजनाले खुलाएको थियो । यर्मालिङ तटीय क्षेत्रसम्म पुग्ने सडकका लागि सिता लगायतका जलबिद्युत आयोजनाले सडक मर्मतसंम्भार, ट्रयाक खोल्न सघाएको थियो । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले गाउँपालिकाको गुरुयोजनाको सडक निमार्ण भएपछि स्थानीयले दुई दिनभर ज्यान हत्केलामा राखेर भीर र खोलाको बाटो हिडनु पर्ने बाध्यता हटेको बताउनु भयो । गाउँपालिकाको सात वटै वडामा सडक निमार्ण र स्त्तरोन्नतिका काम भईरहेको उहाँले थप्नुभयो । उक्त गाउँमा बल्ल सडक पुगेपनि बिजुली, उच्च शिक्षा, स्वास्थ्य कार्यालय पुग्न सकेको छैन् ।
सिन्धुपाल्चोककै कर्णाली नामले चिनिने जुगल गाउँपालिका–३ निमार्ण गरिएको मान्जेखोला–नेशमदोभान–तेम्बाथान दिपु सडक पुगेको दृश्य । ratopatinews
प्रतिक्रिया दिनुहोस्