२०८१ भाद्र २३
                           

भ्रामक अभिब्यक्ति दिएको भन्दै तामाङ तथा मगर समुदायको आपत्ति

तामाङ तथा मगर समुदायका अगुवा संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक मार्फत गृहमन्त्रिलाई ३ बुधे माग सहित ज्ञापनपत्र बुझाएका छन् । सोमबार नेपाल तामाङ घेदुङ, नेपाल आदिवासी जनजाती महासंघ र नेपाल मगर संघ सिन्धुपाल्चोकले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन ।

गत श्रावण १७ गते एक टिभी कार्यक्रममा अधिवक्ता भगवती पाण्डे (शितल) ले अन्तरवार्तामा तामाङ तथा मगर समुदायमा दाज्युबहिनीबीच विवाह हुन्छ भन्ने विवादास्पद अभिब्यक्ति दिएकी थिइन । उनले भ्रामक अभिब्यक्ति दिएको भन्दै तामाङ तथा मगर समुदायले आपत्ति जनाएका छन् ।

अधिवक्ता भगवतीले तामाङ तथा मगर लगायत आदिवासी जनजाती समुदायको प्रथाजनित अभ्यासमाथि गलत ढंगले ब्याख्या गर्नुका साथै अनुवांशिक रुपमानै अपराधिकरण गर्ने र मान्छेलाई जनावरसंग तुलना गरी दिएको कपोकल्पित भ्रामक र तथ्यहिन अभिब्यक्ति प्रशारण भएकाले हाम्रो आत्म सम्मान र प्रतिष्ठमा गम्भीर चोट पुगेकाले उनलाई गलत अभिब्यक्ति सच्याउन पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि गत श्रावण ९ गते आवश्यक कार्हवाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता गरेको र सो उजुरी दर्ता भएको लामो समय वितिसक्दा समेत उनलाई प्रकाउ नगरेपछि बाध्य भई प्रहरी परिसर टेकु घेराउ कार्यक्रम गरिएको विज्ञप्तीमा भनिएको छ ।
गत श्रावण १७ गते भएको उक्त आन्दोलनमा प्रहरीले अश्रुग्यास तथा लाठ्ठी चार्च गरेका थिए । सोहि क्रममा तीन दर्जन भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका थिए । भ्रामक कुराको विरोध गर्दा पक्राउ परेकालाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै यी समुदायले आपत्ति जनाएका छन् ।

365666205_2184590488397558_2495145438662697339_n1691406753.jpg

  •  तीन बुधे माग

१ तामाङ र मगर समुदायलाई अपराधिकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानुन बमोजिम  हैदैसम्म सजाय दिइयोस् ।
२ शान्तिपूर्ण रुपमा आफ्नो मागहरु राखिरहेका अभियन्ताहरुलाइ नियन्त्रणमा लिइसकेपछी अनावश्यक बल प्रयोग गरि चरम यातना दिने जिल्ला प्रहरी परिसर टेकू ,काठमाडौका प्रहरी वरिष्ठ उपरीक्षक दान वहादुर कार्की सहित संलग्न सबै प्रहरीलाई कार्वाही गरियोस् ।
३ मिति २०८० श्रावण १७ गतेको आन्दोलनमा प्रहरीको चरम यातना  तथा निर्घात कुटपिटवाट घाइते भएका दर्जनौं अभियन्ताहरुलाइ उपचार खर्च सहित उचित क्षतिपुर्ती दिइयोस् ।
उक्त ज्ञापनपत्रमा उल्लेख छ ।

364168292_3590509057862258_6068019982155672387_n1691406792.jpg

363849716_201361339324083_3740075303600325565_n1691406819.jpg

प्रतिक्रिया दिनुहोस्