२०८१ भाद्र २३
                           

सार्वजनिक यातायातमा सबैले देख्ने गरी भाडादर टास्ने व्यवस्था मिलाउन प्रशासनको आग्रह

सिन्धुपाल्चोक ,२३ साउन
सम्झना कार्की – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लामा संचालित यातायात क्षेत्रका गुनासो तथा समस्याहरुको सन्दर्भमा आवश्यक छलफल तथा सहजिकरणका लागी महत्वपुर्ण छलफल गरेको छ । मंलबार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको संयोजकत्वमा विभिन्न पदाधिकारीहरुको उपस्थीतिमा बसेको बैठकमा सार्वजनिक यातायात लगाएतको सेवा सुविधाका सवालमा छलफल भएको हो ।

छलफलको क्रममा  उपस्थीतिहरुले  सार्वजनिक यातायातका चालक तथा सहचालकहरुले यात्रुप्रति गर्ने व्यवहार राम्रो नभएको , समितिले तोकको भन्दा बढी भाडा काउन्टरले लिने गरेको ,अपाङ्ग, जेष्ठ नागरीक ,बिधार्थीले पाउनु पर्ने प्राथमिकता र छुट नभएको लागाएतका गुनासो राखेका थिए ।

सोही गुनासोहरुमाथी छलफल गदै सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडादर कायम गरी लागु गर्ने तथा उक्त भाडादर सबै सार्वजनिक यातायातका साधनहरुमा सबैले देख्ने गरी टास्ने व्यवस्था मिलाउने निर्णय भएको   प्रमुख जिल्ला अधिकारी  रमेश न्यौपाने  बताउँनुभयो । सुपर एक्सप्रेसको रुपमा संचालनमा आएको सवारी साधन सोही मापदण्डको आधारमा संचालन गर्ने र सुपरको मापदण्ड विपरीत सवारी संचालन गरी बढी भाडा लिएको पाईएमा ट्राफिक कार्यलयले कारबार्ही गर्ने उहाँको भनाई छ ।

जिल्लामा संचालित सबै सार्वजनिक यातायाताहरुले विधार्थी ,ज्येष्ठ नागरीक र अंपागता भएका व्यक्तीहरुलाई उनिहरुको परीचयपत्रको आधारमा नियमाअनुसार अनिवार्य रुपमा भाडामा छुट दिने निर्णय भएको र यसको कार्यन्वयनको अनुगमन जिल्ला प्रहरी कार्र्यलय र ट्राफिक प्रहरी कार्यलयलाई जिम्मेवारी दिईएको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउँनुभयो ।

सार्वजनिक यातायातका क्षेत्रमा देखिएका नियमितताका सम्बन्धमा जिल्ला प्रहरी कार्यलय तथा जिल्ला ट्राफिक प्रहरी कार्यलयले नियमित रुपमा अनुगमन तथा कारबाहीको व्यवस्था गर्ने ,सार्वजनिक यातायातका चालक तथा सहचालकहरुले यात्रुप्रति गर्ने व्यवहारमा सुधार गर्नका लागी सार्वजनिक यातायात कम्पनीले तत्काल अभिमुखरीकरण तालीम सञ्चालन गर्ने व्यवस्था मिलाउने , पूर्व अरनिको यातायात प्रा.लि.ले उत अभिमुखीकरण कार्यलाई निरन्तरता दिने र ग्रामिण भेगमा सञ्चालन हुने लोकल यात्रुहरुलाई समेत टिकट उपलब्ध गराउन आवश्यक गृहकार्य अघि बढाउने पनि बैठकबाट निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी  श्रेष्ठले बताउँनुभयो ।

यस्तै निजी सवारी साधनले यात्रु बोक्ने गरेको गुनासो आएकोले त्यसलाई जिल्ला ट्राफिक प्रहरी कार्यलयले नियमित अनुगमन गरी नियन्त्रण गर्ने छ । पुर्व अरनिको यातायात प्रा.लि.ले विधालयमा अध्ययनरत विधाथीहरुलाई विधालय समयमा नि शुल्क विधालय आवतजावत गर्ने व्यवस्था मिलाउने र सुनकोशी क्याम्पसका विधाथीहरुका लागी पुर्व सम्झौता अनुसार बस भदौ १ गते देखी सञ्चालनमा ल्याउने निर्णय गरीएको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, चौतारा सागाँचोकगढी नगरपालिका उपप्रमुख सिता थापा, प्रशासकिय अधिकृत राम ब.केसी, पूर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार क्षेत्री ,विद्यार्थी संगठनका पदाधिकारी, जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक , जिल्ला ट्राफिक कार्यलयका प्रहरी नायव निरीक्षक , विभिन्न राजनितिक दलका पदाधिकारीहरु,जेष्ठ नागरीक ,पत्रकार लगाएतको उपस्थीतिमा बसेको बैठकले सार्वजनिक यातायात लगाएतको सेवा सुविधाका सवालमा उक्त निर्णय गरेको हो ।

 

निर्णय:

प्रतिक्रिया दिनुहोस्