२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा समेत आन्दोलनमा उत्रिए नीजि विद्यालयका सञ्चालकहरु, माग पुरा नभए विद्यालय ठप्प पार्ने

निर्मल बस्नेत  -कारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउँदै निजी विद्यालयका सञ्चालकहरू देशभर  आन्दोलनमा उत्रिएको प्याब्सन÷एनप्याब्सनले सिन्धुपाल्चोकमा समेत बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुँझाउँदै पत्रकार सम्मेलन मार्फत सरकारको ध्यानकर्षणको प्रयास गरेका छन् । विद्यालय शिक्षा विधेयक अवैधानिक भन्दै आफूहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेको निजी विद्यालयहरुको छाता संगठन प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष ओमप्रकाश उप्रेतीले सिन्धुज्वालालाई बताए ।

सरकारले प्रस्ताव गरेको विधेयकमा निजी विद्यालयहरुलाई शैक्षिक गुठीमा लैजानेबारे एकतर्फी निर्णय गरेकोले आन्दोलन गर्न बाध्य भएको एन प्याब्सन सिन्धुपाल्चोकका अर्का अध्यक्ष दामोदर भारतीको भनाई छ ।

सरकारले निजी विद्यालयका सञ्चालकहरुलाई प्रोत्साहन हुने गरि ऐन संशोधन गर्नुपर्नेमा आवश्यक प्रावधानहरु नै तयार नगरी हठात विधेयक दर्ता गरेको आरोप उनीहरुले लगाएका छन् ।

‘यो विधेयक गैरसंवैधानिक छ, यो संविधानविपरीत छ’, प्याब्सनका अध्यक्ष उप्रेतीले भने । उनका अनुसार धारा २५ मा सम्पत्तिको हक छ ।

त्यस्तै प्रत्येक नागरिकलाई कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, व्यावसायिक आर्जन गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने उल्लेख छ । शक्षिक प्रतिष्ठानको रुपमा रहेकोे निजी विद्यालयहरुलाई कम्पनी अन्तर्गत सञ्चालनमा ल्याउन समेत सरकारले वाध्य पारेको उनको आरोप छ । ‘संविधानले सम्पत्तिको हकको ग्यारेन्टी गरेको छ’, प्याब्सनका पूर्व अध्यक्ष तथा बागमति प्रदेश सचिव ऋषिराम नेपालले भने, ‘ संविधानले कसैको पनि सम्पत्ति जबरजस्ती रुपले लिन पाउने अधिकार दिएको छैन ।’ सरकारको राष्ट्रियकरण गर्ने नीति हो भने हाम्रो उचित मूल्याङ्कन भएर मुआब्जा दिनुपर्ने प्याब्सनका जिल्ला सचिव बुद्वीप्रसाद आचार्यको भनाई छ ।

राज्यले नीजि सम्पतिको भोगाधिकार तथा शिक्षक कर्मचारीको व्यवस्थापन गरे सरकारलाई तालाचाबी बुझाउन तयार रहेको उनीहरको भनाई छ । पूर्व अध्यक्ष नेपालका अनुसार सिन्धुपाल्चोकमा मात्रै निजी विद्यालयको संख्या ३४ रहेका छन् भने विद्यार्थीको संख्या ७ हजार भन्दा माथि र ८ सयको हाराहारीमा रोजगारी शिक्षक रहेका छन् ।

साउन २७ गते सम्म सरकारले माग पुरा नगरे २८ गत्ते देखि आन्दोलनमा उत्रने प्याब्सन अध्यक्ष उप्रेतीले जानकारी दिए । जसअनुसार अनिश्चितकालीन विद्यालय बन्द तथा भदौ १ गते अनिश्चितकालिन विद्यालयका सवारीसाधनहरु सार्वजनिक स्थानमा पार्किङ गर्ने जस्ता रहेका छन ।

प्याब्सनका अध्यक्ष उप्रेतीले सरकारले सरोकारवालासँग छलफल नगरि बल मिचाई गरे शैक्षिक अवस्थानै डामाडोल हुने चेतावनी दिए ।

निजी विद्यालयका सञ्चालकहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्र्तगत सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये १० पालिकामा तथा शिक्षा विकास तथा समन्वय एकाई र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका ज्ञापनपत्र बुझाउने कार्यक्रम सकिएको प्याब्सनले जनाएको छ । सिन्धुपाल्चोकका उपलब्ध पत्रकारबीच प्याब्सनले होटल अरनिकोमा आज पत्रकार सम्मेलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्