२०८१ भाद्र २३
                           

विरोधमा उत्रिएका निजी विद्यालयहरूले गरे आन्दोलन स्थगित

शिक्षा विधेयकको विरोधमा उत्रिएका निजी विद्यालयहरूले आइतबारदेखि देशव्यापी रुपमा घोषणा गरेको आन्दोलन स्थगित गरेका छन् ।शुक्रबार सरकारी पक्ष र निजी विद्यालय सञ्चालकहरूबीच भएको वार्ताको क्रममा विधेयक सच्याउने कुरामा सरकार सहमत भएपछि आन्दोलन रोकिएको बताईएको छ ।विद्यालय सञ्चालकहरूसँग शुक्रबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राई लगायतले वार्ता गरेका थिए ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सरकारले सच्याउने भएपछि विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेका हुन् । विधेयकमा निजी विद्यालयहरूलाई गैरनाफामुलक बनाउने बुँदालाई लिएर विद्यालय सञ्चालकहरूले देशव्यापी आन्दोलन घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्