साँगाचोक/ हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे संस्थाले जन विकास माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी न.पा.-११ पाथीभरामा अध्ययनरत २० जना गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक तथा अध्ययन सहयोग गरेको छ ।
जनविकास माविमा शुक्रबार सम्पन्न कार्यक्रममा विद्यालयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग,ड्रेस,ट्र्याक सुट,कपि कलम, डिजिट क्याल्कुलेटर लगायतका सामग्री वितरण गरेको हो ।
संस्थाले गत माघमा देशभरका सामुदायिक विद्यालयबाट कार्यक्रमको लागि प्रस्ताव माग गरेको थियो । सोही प्रस्ताव अनुसार सिन्धुपाल्चोकबाट सो कार्यक्रमको लागि जनविकास मावि मात्रै छनौट हुन सफल भएको थियो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अशोक पराजुलीको अध्यक्षतामा विद्यालयमा भएको कार्यक्रममा अध्ययनरत विद्यार्थी र विद्यार्थीका अभिभावक समेतलाई बोलाएर अध्ययन सहयोग वितरण गरिएको अध्यक्ष अशोक पराजुलीले बताए ।
पराजुलीका अनुसार अन्य छात्रवृत्ति/सहयोग प्राप्त नगरेका,पढाइमा दख्खल भएका र घरायसी आर्थिक अवस्था कमजोर भएर पढ्नको निमित्त कठिनाइ भएका विद्यार्थीमध्येबाट छनौट गरि शैक्षिक तथा अध्ययन सहयोग उपलब्ध गराइएको हो ।
अध्यक्ष पराजुलीले सहयोग उपलब्ध गराउने हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे र त्यस संस्थाका पदाधिकारीप्रति हार्दिक धन्यवाद समेत दिए ।
शैक्षिक तथा अध्ययन सहयोगको लागि संस्थाले एक लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्