२०८१ भाद्र २३
                           

उद्योग बाणिज्य संघले दिवसकाे अवसरमा ३० जना बालबालिकालाई गर्याे सहयोग

सिन्धुपाल्चोक ३०साउन
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले २९औं स्थापना दिवस भव्यताकासाथ मनाएको छ ।

दिवसको अवसरमा मंगलबार बाह्रविसे नगरपालिका वडा नं. ८ मा रहेको सिन्धु बहिरा आधारभूत विद्यालका फरक क्षमता भएका ३० जना बालबालिकालाई संघले सहयोग गरेको हो । संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार)ले ३० जना बालबालिकालाई ट्रयाकसुट, टी सर्ट र खाजा सहयोग गरेका थिए ।

विद्यालयको प्रधानाध्यापक मैना कार्कीले संघले गरेको सहयोगले बालबालिकाको पढाईमा थप सहयोग पुग्ने बताउनुभयाे।

सो अवसरमा संघका अध्यक्ष बस्नेतले विद्यालय व्यवस्थापनका लागि ५१ हजार रुपैंया सहयोगसमेत गर्नुभयाे। उहाले विद्यालयलाई सहयोग गर्न संस्थागत रुपमा र आवश्यक परे ब्यक्तिगत रुपमा सहयोग गर्नसमेत तयार रहेको बताउनुभयाे।
विद्यालयमा सहयोग गरेपश्चात संघको कार्यालय बाह्रविसेमा केक काटी दिवसको मनाएको थियो । संघले २९औं स्थापना दिवसको अवसरमा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई व्यवसायिक उन्नतीको शुभकामनासमेत प्रदान गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ, पूर्व अध्यक्ष अर्थलाल श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश सदस्य यादव दाहल, संघका उपाध्यक्ष सूर्यबहादुर कार्की, महासचिव शम्भुबहादुर तिमल्सिना, सचिव ईश्वर गुभाजु, सहकोषाध्यक्ष बिचारी पराजुलीलगायत कार्यसमिति सदस्य, सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्