२०८१ भाद्र २३
                           

चौतारा टुँडिखेल : काम गर्ने कालु मकै खाने भालु

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित खेलमैदान टुँडिखेलमा गाडीले दाँइ गर्न थालेपछि खेलप्रेमीहरु क्षुब्ध भएका छन् ।

निर्माणाधिन मिनि रंगशालाका कारण अस्तव्यस्त बनेको टुँडिखेलमा केही महिना अघि मात्र स्थानीय खेलप्रेमी, खेलाडीहरुले यत्रतत्र छरिएर रहेको ढुँगा, काठपात, रड, बालुवा लगायतका सामाग्री हटाउनका साथै माटोको ढिस्कोलाई स्काइभेटरले सम्याएर खेलमैदान बनाएका थिए ।

मिनि रंगाशाला निर्माणको क्रममा चरम लापरवाही र ढिलासुस्ति भएपछि निर्माण सामाग्रीलाई हटाएर खेलकूद गतिविधि सञ्चालनका लागि सफाचट बनाएको टँुडिखेलमा मैदान नै विग्रिने गरि सवारी साधनहरु पार्किङ गर्न थालेपछि खेलाडिहरु आक्रोशित भएका हुन् ।

गाडी पार्क गर्न थालेपछि भलिबल कोट विग्रन थालेको छ । मैदान अभावका कारण सिंगो खेल गतिविधि नै प्रभावित भएपछि चौतारा स्पोर्टिङ क्लबको अगुवामा टुँडिखेलमा सफाई गर्नका साथै माटोको ढिस्को हटाएको थियो । यसका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले निशुल्क स्काइभेटर उपलव्ध गराइएको थियो ।

बर्खा लागेर खेलकूद गतिविधिमा कमी आउने वित्तिक्कै गाडीवालाहरुले मौकाको फाइदा उठाउदै गाडि पार्किङ गर्न थालेको हो । दुःखजिलो गरेर खेलकूदको लागि तयार गरेको टँुडिखेल मैदानमा गाडीहरुको रजाइ हुन थालेपछि काम गर्ने कालु मकै खाने भालु भन्ने नेपाली उखान चरितार्थ भएको छ । अरनिको, कालिञ्चोक लगायतको यातायता प्रालिका गाडीहरु बसपार्कमा नराखि टुँडिखेलमा पार्क गरेपछि यो समस्या आएको हो ।खेलाडीहरुले भने तुुरुन्तै टँुडिखेलबाट गाडी हटाउन गाडीवालाहरुलाई चेतावनी दिएका छन् ।बिसौनी

प्रतिक्रिया दिनुहोस्