२०८१ भाद्र २३
                           

जिल्लामा मोतिविन्दुको समस्या बढी,आँखामा सबै गम्भीर बन्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाई

सिन्धुपाल्चोक ,३१ साउन
सम्झना कार्की – चौतारा सागाँचोकगढी नगरपालिका ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठले नगरपालिकाबासीको आँखाको उपचारका लागि सहज वातावरणको निर्माणमा स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको बताउँनुभएको छ । बुधबार आँखा स्वास्थ्य सम्वन्धी नियमित गतिविधि गर्दै आइरहेको जिल्ला सामुदायिक आँखा केन्द्र सिन्धुपाल्चोककले चौतारामा आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउँनुभएको हो । आँखा सम्वन्धी स्वास्थ्य समस्या जिल्लामा बढ्दो अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक हुदाँ आफुलाई दुख लागेको समेत उहाँले बताउँनुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो , ‘आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील अंग हो । आँखा मानिसलाई प्रकृतिले दिएको एउटा उपहार हो । कुन राम्रो–नराम्रो भनेर छुट्याउन पनि आँखाले मद्दत गर्छ । अहिले प्रविधिको युगमा हरेक मानिसको हात–हातमा मोबाइल अनि हरेकका घर–घरमा टेलिभिजन छन् । इन्टरनेट र विज्ञान प्रविधिको जमानालाई सदुपयोग गर्दै यी साधनहरुको अत्यधिक प्रयोग गरिँदा अहिले साना बालबालिकादेखि वृद्धवृद्धा सबै उमेर समूहले नै चस्मा लगाउनुपर्ने वा आँखासम्बन्धी विभिन्न समस्या बढ्न थालेको तपाईं–हामीले प्रत्यक्ष देखिरहेका छौं । त्यसैले नगरपालिकाभित्र बसोबास गर्ने नेपाली नागरिक कोही पनि मोतीबिन्दु भएर वा आर्थिक समस्याका कारण दृष्टिविहीन हुन नपरोस । आँखा निकै संवेदनशील अङ्ग हो, यसको संरक्षणमा हामी सबै गम्भीर बन्नुपर्दछ । ,” उहाँले भन्नुभयो ।

सँगै आँखा जस्तो अंगमा हेलचेक्राई नगर्न र हाल महामारीको रुपमा फैलिएको आँखा पाक्ने रोगबाट सर्तक रहन पनि उहाँले आग्रह गर्नुभएको छ ।

जिल्लाको तथ्याङ्कमा सबैभन्दा बढी मोतिविन्दुको समस्या भएको पाईएको छ । जसमा ६ हजार पाँचसय जनामा मोतिविन्दुको समस्या रहको छ । तिलगंगा आँखा केन्द्रका नविन राजवंशीले आँखा सम्वन्धी स्वास्थ्य समास्या जिल्लामा बढ्दो अवस्थामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै तत्काल अप्रेशन गर्नु पर्ने जानकारी दिनुभयो छ ।

कार्यक्रममा इन्टरनेट र विज्ञान प्रविधिको जमानालाई सदुपयोग गर्दै यी साधनहरुको अत्यधिक प्रयोग गरिँदा आँखामा बढी समस्या भएको विषय उपस्थीतिहरुले उठान गरिएका थिए । बालबालिकालाई मोबाईल फोनबाट छुटकारा दिन अभिभावकलाई जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न ,वडा स्तरमा स्वम सेवक परीचालन गर्न लयाएत आँखा सम्बन्धी जनचेतना फैलाउन अभियान नै सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।

साथै सामुदायिक आँखा केन्द्रको भौतिक संरचनाको पछाडी भागमा जोखिम देखिएकोले त्यसको अनुगमन आफुहरुले गरिसकेको सुनाउँदै त्यसलाई क्षतिबाट जोगाउँन स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता अध्यक्ष श्रेष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्