२०८१ मंसिर ७
                           

डेंगु संक्रमणको हट स्पट बन्दै मेलम्ची

समयमा नै डेंगु नियन्त्रणका लागि कार्यक्रम तर्जुमा गर्न नसके सिन्धुपाल्चोकमा यसले महामारीको रुप लिनेतर्फ सरोकारवालाहरुले सचेत गराएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरुले जिल्लामा डेंगुबाट संक्रमित हुनेको संख्या बढ्दो अवस्थामा रहेको हुनाले यसतर्फ तालिकदार सरकारी, गैरसरकारी निकाय र स्थानीय सरकार गम्भीर भएर लाग्न सुझाएका हुन् ।

जिल्ला स्वास्थ्य प्रमुख अनुप अधिकारीले जिल्लामा डेंगु संक्रमण बढ्दै गएको हुनाले यसको नियन्त्रण र रोकथामका लागि एक्सनका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो । जिल्लाको सन्दर्भमा हालसम्म ९ जनामा यो संक्रमण देखिएको र त्यस मध्यमा पनि ८ जना संक्रमित मेलम्चीको रहेको उल्लेख गर्दै गत वर्ष झैं जिल्लामा यस वर्ष पनि डेंगु संक्रमित बढ्न सक्ने प्रक्षेपण गर्नुभयो ।

गत वर्ष जिल्लामा १६३ जनामा डेंगु संक्रमण भएको थियो । यस वर्ष १३९ जनामा गरिएको परीक्षणमा चौतारा साँगाचोकगढी नगरपालिकामा १ र मेलम्चीमा ८ जना गरि जम्मा ९ जनामा संक्रमण देखिएको उहाँले जानकारीव दिनुभयो ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तमराज सेढाईले डेंगु संक्रमण खासगरि भदौ र अशोज महिनामा बढी देखिएको हुँदा बेलामा नै यसको नियन्त्रण र रोकथाम अपरिहार्य भएको बताउनुभयो । काभ्रे र सिन्धुपाल्चोको सीमानाबाट संयुक्तरुपमा डेंगु संक्रमण नियन्त्रण र रोकथामको लागि संयुक्त कार्यक्रम गर्दै एउटा छुट्टै सन्देश दिने उदेश्यले पनि शिघ्र नै परिणाममुखी कार्यक्रम गरि अगाडि बढ्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य अधिकृत पार्वती विष्टले डेंगु परीक्षणका लागि किटको अपुग भएता पनि प्रत्यक पालिकामा २५ वटा वितरण भएको र यो वर्ष डेंगु संक्रमणको दर उच्च रहने हुँदा ढिला नगरि नियन्त्रण र रोकथामतर्फ जानपर्ने बतानउनुभयो ।

लामखुट्टेबाट सर्ने डेंगु संक्रमण हुनबाट जोगिनका लागि लार्भ नष्ट हुनुपर्ने र लामखुट्टेले फोहर पानीमा भन्दा पनि सफा पानीमा अण्डा पार्ने हुँदा लार्भ नष्ट अभियान संचालन गर्ने छलफलले निष्कर्ष निकालेको नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको मेलम्ची, बाह्रबीसे र चौतारा लगायतको मुख्य बजारी इलाकाको घर बाहिर रहेका पानी जम्न स्थान , पानी जम्मा भएका भाडावर्तन लगायतका संभावित स्थानमा डेंगुका लार्भ खोज्ने र नष्ट गर्ने कार्यक्रम छलफलबाट तय भएको छ ।बिसाैनि

प्रतिक्रिया दिनुहोस्