२०८१ भाद्र २३
                           

थारथान खोला करङगैरा डाँडागाउँ कोले लिफ्ट खानेपानी योजना’को उद्घाटन तथा हस्तान्तरण

१ भदौ, सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाको वडा नं ४ स्थित डाँडागाउँमा ‘थारथान खोला करङगैरा डाँडागाउँ कोले लिफ्ट खानेपानी योजना’को उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।

आयोजनाको शुक्रबार सिन्धुपाल्चोक क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद माधव सापकोटा ‘सुबोध’ र नेपालका लागि जापानका राजदूत किकुता युताकाले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

जापान सरकारको आर्थिक सहयोगमा समृद्धिका लागि यथायोग्य कार्यसंस्था (आइसाप) र पिस विन्ड्स जापानको संयुक्त आयोजनामा सञ्चालित खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजना अन्तर्गत उक्त आयोजनाबाट स्थानीय १६० घरधुरी लाभान्वित भएका छन् ।

कार्यक्रमका विशेष अतिथि सांसद सापकोटाले जापान सरकार, आइसाप र पिस विन्डन्सलाई एकमुष्ट रुपमा धन्यवाद ज्ञापन गरे । उनले यस्ता कार्यहरु दिगो रुपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि जाहेर गर्दै जापानले यस्ता कार्यक्रम जारी राख्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सांसद सापकोटा, राजदूत किकुता, बागमती प्रदेश सांसद अमृता नेपाल, गाउँपालिका अध्यक्ष गंगा तामाङपिस विन्डस जापनका टिम लिडर डा. रामचन्द्र भुसाल, पिस विन्डस जापानका प्रतिनिधि नाना यामागुची, आइसापका कार्यकारी निर्देशक अपेक्षा भुसाललगायतका जनप्रतिनिधि, स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

करङगैरा डाँडागाउ कोले लिफ्ट खानेपानी योजनाबाट बलेफी गाउँपालिकाका १६० घरधुरी लाभान्वित हुने आइसापकी कार्यकारी निर्देशक भुसालले बताइन् ।

उनले विगत तिन वर्षदेखि आइसापले सिन्धुपाल्चोकको मेलम्ची, चौतारा साँगाचोकगढी, बलेफी, सुनकोसीमा ५ सय ८३ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको काम गरिसकेको जानकारी दिइन् । खानेपानी आयोजनाले आफूहरुलाई धेरै सुविधा पुगेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्