साझा थलोमा तथानाम गाली गरेर नेतृत्व हत्याउनुभन्दा सहमतिको अभ्यासद्वारा नेतृत्व चयन गर्नु नै उत्तम विकल्प भएको निष्कर्ष निकाल्दै निर्माण व्यवसायीहरुले अधिवेशन अगावै नेता छानेका छन् ।
दलीय भागबण्डामा अधिकांश व्यवसायीहरु सहमतिको विन्दुमा आएपछि निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षसहित पदाधिकारी छनौट आज सम्पन्न भएको छ ।
अन्य पदाधिकारीको नामावली चयन सम्बन्धित दलको सिफारिसले टुँगो लगाउने जानकारी दिइएको छ । लामो छलफलपछि अध्यक्षसहितको पदाधिकारीमा भागबण्डा लगाएर सहमति गरेपनि सदस्यहरुमा भने टुँगो लगाउन सकिएको छैन । सदस्यका आकांक्षी आवश्यकताभन्दा बढी भएका कारण सदस्य बागबण्डामा हम्मेहम्मे पर्ने देखिन्छ ।
उनीहरुले आगामी बुधबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यमा संघको सातौं जिल्ला अधिवेशन एवम् १६ औं साधारणसभाको उद्घाटन र भोलिपल्ट निर्वाचन गर्ने योजना बनाएका छन् । त्यतिबेलासम्म सदस्यहरुको नाममा भागबण्डा मिलाउन सके निर्वाचन गर्न नपर्ने बताइएको छ । जन आस्था
प्रतिक्रिया दिनुहोस्